वीरगञ्ज भन्सारमा छ वर्षदेखि १८५ मालवाहक कन्टेनर अलपत्र « Khabarhub

वीरगञ्ज भन्सारमा छ वर्षदेखि १८५ मालवाहक कन्टेनर अलपत्र


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयमा छ वर्षदेखि १८५ भन्दा धेरै मालवाहक कन्टेनर अलपत्र अवस्थामा रहेका छन् ।

कोभिड महामारीअघि तेस्रो मुलुकबाट आयात गरिएका ती मालवाहक कन्टेनर अहिले पनि वीरगञ्ज भन्सार कार्यालय मातहतको सुक्खा बन्दरगाहमा बेवारिसे अवस्थामा रहेका छन् । 

आयातकर्ताले तेस्रो मुलुकबाट आयात गरेर सुक्खा बन्दरगाहमा मालवाहक कन्टेनर भित्र्याए पनि भन्सार जाँचपासको प्रक्रिया अघि नबढाउँदा ती मालवस्तुसहितका कन्टेनर अहिले पनि बन्दरगाहमा थुप्रिरहेका छन् ।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले २०७६ सालमा आयात गरिएका मालवाहक कन्टेनरमध्ये अहिले पनि १८५ वटा अलपत्र हुँदै आइरहेको जानकारी दिए । 

‘त्यो बेला २२० कन्टेनर आएका थिए, जसमध्ये तीन वटा कन्टेनरको आवश्यक कानुनी प्रक्रिया पूरा गरी फिर्ता भइसकेका छन्’, उनले भने, ‘तीमध्ये थप १४ कन्टेनर खाली भएर कानुनी प्रक्रिया पूरा हुने चरणमा पुगेको छभने बाँकी रहेका कन्टेनर कसरी व्यवस्थापन गर्ने विषयमा आवश्यक परामर्श गरिरहेका छौँ ।’

ज्ञवालीले ती मालवाहक कन्टेनर ल्याउने व्यक्ति वा आयातकर्ताको पहिचान गर्न नसक्दा पनि सुक्खा बन्दरगाहमा अलपत्र हुँदै आइरहेको बताए । 

‘अहिले पनि १८५ मालवाहक कन्टेनर मुचुल्का उठाएर सिलबन्दी गरेर राखेका छौँ’, उनले भने, ‘यो कन्टेनर खाली गरेर व्यवस्थापन गर्नका लामो कानुनी प्रक्रिया पुर्‍याउनुपर्ने भएकाले पनि धेरै समय लागिरहेको छ ।’ 

सिलबन्दी गरिएका कन्टेनरमध्ये ९० वटामा केराउ, ६१ वटामा छोकडा, १० वटामा पोस्ता दाना, नौ वटामा सुपारी, सात वटामा फुड सप्लिमेन्ट (आहार पूरक) र दुई कन्टेनरमा मसुरो दाल रहेको छ ।

भन्सार कार्यालयका अनुसार सिलबन्दी कन्टेनरमध्ये केहीमा चना, ओखर, उडन टुथब्रस, बफेल्लो हर्न, मुंग दाल र डियो स्प्रेलगायत राखिएका कन्टेनर पनि रहेका छन् । 

प्रमुख भन्सार प्रशासक ज्ञवालीले सुक्खा बन्दरगाहमा रहेका नष्ट गर्नुपर्ने मालवाहक कन्टेनरको विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग लगायतका निकायसँग समन्वय भइरहेको पनि बताए । 

‘विगतमा कन्टेनरको मालवस्तु हेरेर ल्याब ‘टेष्ट’ गर्नका लागि पठाइएको थियो’, उनले भने, ‘छ वर्षअघि ल्याब टेष्ट गर्दा राम्रो देखिएको वस्तु तथा सामान अहिले बिग्रिएको पनि हुन सक्छन्, त्यसैले पनि नष्ट गर्नुपर्ने सामानको विषयमा फेरि ल्याब टेष्ट गर्नुपर्ने वा नपर्ने विषयमा पनि आवश्यक समन्वय भइरहेको छ ।’ रासस
 

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ३ : २० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित