इन्टरनेट अभावले सामाजिक सुरक्षाका लाभग्राहीको ‘बायोमेट्रिक’मा समस्या « Khabarhub

इन्टरनेट अभावले सामाजिक सुरक्षाका लाभग्राहीको ‘बायोमेट्रिक’मा समस्या


२९ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– शैल्यशिखर नगरपालिकाका विभिन्न वडामा इन्टरनेट सुविधा नहुँदा सामाजिक सुरक्षाका लाभग्राहीको नवीकरणमा समस्या भएको छ । सरकारले ज्येष्ठ नागरिकलगायत लाभग्राहीको बायोमेट्रिक प्रमाणीकरण गरेर मात्र नवीकरण गर्नुपर्ने व्यवस्था गरेपछि वडाहरूमा नवीकरण गर्न समस्या भएको हो । 

वडा नं. १ का सचिव शेरसिंह खडायतका अनुसार इन्टरनेट विना बायोमेट्रिक सम्भव छैन । ‘समयमै इन्टरनेट नचल्दा ज्येष्ठ नागरिक वडामा आएर समस्या मात्र भोग्नुपरेको छ’, उनले भने ।

एकातिर दोहोरो वडाको जिम्मेवारी छ । अर्कोतिर इन्टरनेट छैन । सेवाग्राहीले हामीलाई सेवा नदिएको गुनासो मात्रै गर्छन् । समस्याबारे स्थानीय सरकारले समयमै चासो नलिएको खडायतको गुनासो छ । 

सामाजिक सुरक्षा लाभग्राही दिनहुँ वडामा पुगेर फर्किन बाध्य भएको शैल्यशिखर वडा नम्बर ७ का वडा सचिव भुपेन्द्रप्रसाद जोशीले जानकारी दिए । वडामा राम्रो ल्यापटप कम्प्युटर छैन । इन्टरनेट छैन । सेवाग्राहीको मात्रै दिनहुँ भीड लाग्ने गरेको छ । 

मोबाइल नेटवर्कको स्थिति पनि दयनीय छ । ‘नेटवर्कका लागि कार्यालय बाहिर मोबाइल झुण्ड्याएर काम गर्नुपर्छ, तर दुई वटा मोबाइल खस्दा बिग्रिसके’, जोशीको गुनासो छ ।’ उनका अनुसार कम्प्युटर, ल्यापटप र इन्टरनेट भए मात्र सेवा प्रभावकारी हुन्छ ।

‘गत वर्षसम्म चिठीपत्र पठाउन मोबाइलमा रिचार्ज हालेटर डाटा प्रयोग गर्थे’, सचिव जोशीले भने’, मोबाइलबाट डाटा चलाएको रकमसमेत बेरुजु आयो, यस्तो अवस्थामा वडाले अहिले ज्येष्ठ नागरिकको बायोमेट्रिक प्रणालीबाट कसरी काम गर्न सक्छ, डाटा चलाउँदा रु पाँच हजार खर्च भएको थियो ।’ 

वडा सचिव जोशीका अनुसार नगरपालिकाले वडासम्म इन्टरनेट पहुँच पुर्‍याउन सकेको छैन । वडा नम्बर ४, ५, ७ र ८ मा डाटासमेत राम्रो सँग चल्दैन । यहाँका नौ वडामध्ये अन्य वडामा समेत डाटाले राम्रोसँग काम गरिरहेको छैन । वडा कार्यालयभित्र मोबाइल नेटवर्कसमेत आउँदैन । 

नेटवर्कका लागि कार्यालयको बाहिर मोबाइल झुण्ड्याएर काम गर्नुपरेको जोशीको गुनासो छ । ‘दुई वटा मोबाइल नेटवर्कका लागि झुण्डयाएकै अवस्थामा खसेर बिग्रिसक्यो यो समस्या कसलाई सुनाउनु ? कार्यालयमा काम गर्न कम्प्युटर, ल्यापटप र इन्टरनेट भए मात्रै सेवा प्रभावकारी हुन सक्छ’, उनले भने ।

वडा नं २ का सचिव मनोरथप्रसाद भट्टले पनि इन्टरनेट नचल्दा सेवाग्राहीलाई समयमै सेवा दिन नसकिएको बताए । ‘बुढा आमाबुबालाई बोकेर कार्यालय ल्याउँदा पनि सेवा नदिएर फर्काउनुपर्ने अवस्था छ’, उनले भने’, ‘काम गरौंभन्दा पनि इन्टरनेटले काम नगर्दा हामीले समस्या भोग्नुपरेको छ ।’

नगरपालिकाका एमआइएस अपरेटर राजमती खडायतका अनुसार वडा नं ४, ५, ७ र ८ मामोबाइल डाटा नै चल्दैन । यहाँका अन्य वडामा भने थोरै मात्र काम हुने अवस्था छ । 

‘अहिलेको समयमा इन्टरनेट विना कुनै पनि काम सम्भव छैन, वडाको कामप्रभावकारी बनाउन र समयमै सामाजिक सुरक्षा लाभग्राहीको वायोमेट्रिक विवरण अपलोड गर्न वडामा इन्टरनेट र ल्यापटप तुरुन्तै उपलब्ध गराउनुपर्छ’, उनले भने । हाम्रा ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुने अवस्था आउने उनको भनाइ छ । 

नगरपालिकाका सूचना अधिकारी भोजराज भट्ट वडासचिवले इन्टरनेटको समस्याबारे पटक पटक कुरा उठाएको बताउँछन् । ‘वडामा भौतिक पूर्वाधार समस्या बिस्तारै कम हुँदै गए पनि इन्टरनेट, ल्यापटप लगायतका उपकरणको समस्या व्यहोरेका छन्, यो समस्याबारे कार्यपालिका बैठकमा जानकारी गराउँछु’, भट्टले भने । 

नगर प्रमुख विजयसिंह धामीले नेपाल टेलिकमसँग इन्टरनेटको समस्या समाधानका लागि आग्रह गरे पनि समाधान नभएको बताए । रासस

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  १ : ०२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित