विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेछ : मन्त्री पन्त « Khabarhub

विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेछ : मन्त्री पन्त


३१ जेष्ठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेगरी कानुन तर्जुमा गरिने स्पष्ट पारेका छन् ।
    
प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विद्यालय शिक्षाका सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै उनले विद्यालय शिक्षा केन्द्रमा ल्याउने सरकारको कुनै योजना नरहेको बताए।

मन्त्री पन्तले भने, ‘माध्यमिक तहसम्मको शिक्षा पालिका तहको अधिकार क्षेत्रभित्र पर्छ भन्नेमा हामी ढुक्क हुनुपर्छ । शिक्षक सङ्गठनले उठाएका मर्यादासहितका कतिपय पक्षमा पालिका नेतृत्वले  ध्यान पुर्‍याउनेछ, एसइई परीक्षा सञ्चालनको अधिकार भने प्रदेशलाई दिन उपयुक्त हुनेछ ।’

शिक्षा इकाइलाई तीन तहको समन्वयका साथ काम गर्ने संरचना बनाउन उपयुक्त हुने धारणा व्यक्त गर्दै मन्त्री पन्तले भने, ‘स्थानीय तहमा तत्काल शिक्षक भर्ना र सरुवाको अधिकार चाहिन्छ भन्ने र शिक्षकहरूले आफ्नो वृत्तिविकासमा बाधा पुर्‍याउन पाइँदैन भन्ने विषय आएका छन् ।’

विद्यालय शिक्षा स्थानीय तहको क्षेत्राधिकार भए पनि उठाइएका प्रश्नका आधारमा व्यवस्थित बनाउन तथा तीनै तहका सरकारका बीच संयोजन गर्न शिक्षा इकाइ राख्ने सन्दर्भमा योजना बनाइएको उनले बताए। 

विद्यालय शिक्षा विधेयकका विषयसँग जोडिएर विगतमा भएका सहमति र उठाइएका मागलाई सम्बोधन गर्न हरसम्भव प्रयत्न भइरहेको बताउँदै मन्त्री पन्तले मुलुकको आर्थिक अवस्थालगायत कारणले बाल विकासलाई हाल एकवर्षे कार्यक्रमका रूपमा लागू गर्न उपयुक्त हुने विचार व्यक्त गरे। 

यसअघि समितिका सदस्यहरूले विगतमा सरकारी विद्यालयमा शिक्षाको गुणस्तर कायम हुन नसक्दा छात्रछात्रा कम भई विद्यालय गाभ्न पर्ने अवस्था आएको, गुणस्तरीय शिक्षा उपलब्ध नभएको अवस्थामा योग्य जनशक्ति उत्पादन गर्न नसकिने विषयमा सरकारको ध्यान पुग्न नसकेको धारणा राखे।

उनीहरूले विद्यालय शिक्षा विधेयकलाई शीघ्र अघि बढाउन, सरकार र समितिबीच गहन छलफल गरी अघि बढ्नुपर्ने तथा विद्यार्थीको भविष्य र विद्यालय शिक्षा सुधार्न सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिए । 
 

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  ६ : ५३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित