आजका समाचार : देशभर नयाँवर्षको उल्लास, पूर्वराजालाई एमालेको चेतावनी र असन्तुलित व्यापार नमान्ने ट्रम्पको चेतावनी « Khabarhub

आजका समाचार : देशभर नयाँवर्षको उल्लास, पूर्वराजालाई एमालेको चेतावनी र असन्तुलित व्यापार नमान्ने ट्रम्पको चेतावनी


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एमालेले सात जना कम्युनिस्ट योद्धालाई सम्मान गर्ने

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सात जना कम्युनिस्ट योद्धालाई सम्मान गर्ने भएको छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले पार्टी स्थापना दिवसको अवसरमा नेपाली कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गरेका सात जना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार सम्मान गरिने व्यक्तिमा क्रमशः लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ), हरिचरण शिवाकोटी (झापा) छन् ।

अर्थतन्त्रमा सुधार गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नुपर्छ : राष्ट्रपति पौडेल

शिक्षा विधेयक छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध छ – प्रधानमन्त्री ओली

नयाँ वर्षसँगै जनताको समृद्धिको सपना पूरा हुनेछ : डा.भट्टराई

‘नयाँ वर्षसँगै लोकतान्त्रिक शासन व्यवस्था सुदृढ हुनेछ’

राजनीतिमा देखिएको विकृति र विसङ्गतिको उपचार खोज्नु जरुरी : शेखर कोइराला

समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक : प्रधानमन्त्री ओली 

एमालेले भन्यो– प्रचण्डमा सत्ता बाहिर बस्दाको छटपटी छ, सरकार परिवर्तन हुँदैन

पूर्वराजालाई एमालेले भन्यो- फागुन ७ मा अगाडि बढेँ भनिसकेपछि चैत १५ को जिम्मा लिनुपर्छ

मातृभाषा हराएकामा देउवाको चिन्ता – सब नेपाली बोल्छन्, हुँदाहुँदा छोरासँग अंग्रेजी बोल्छन्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमेलीले मातृभाषा बोल्न छाडेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नयाँ वर्षको अवसरमा सुदूरपश्चिममा मनाइने ‘बिसु पर्व’ को शुभकामना आदानप्रदानका लागि सोमबार देउडा समाजले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उनले सुदूरपश्चिमेलीले आफ्नो भाषा बोल्न छाडेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

‘सुदूरपश्चिमको भाषा करिब–करिब हराउँदैछ, के गर्नुहुन्छ । कोही बोल्दैनन् आफ्नो पश्चिमको भाषा,’ पूर्वप्रधनमन्त्री देउवाले भने, ‘सब नेपाली बोल्छन् । हुँदाहुँदा छोरासँग अंग्रेजी बोल्छन् । भाषा हराइसकेको छ ।’

उनले भाषा हराए समाज कमजोर हुने र बिखण्डित हुने भाइ स्मरण गर्दै अन्य मुलुकमा भाषा बचाउने काम भइरहेको बताए ।

वैशाख ११ गते एमालेले काठमाडौंमा युथ सेलेब्रेसन गर्ने

कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री

नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री राणा

क्रान्तिकारीले नयाँ धरातलबाट सोचौँ : पूर्वप्रधानमन्त्री खनाल

मुलुक आर्थिक समृद्धिको बाटोमा अग्रसर हुनेछ : उपेन्द्र यादव

समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भएर अघि बढौँ : प्रचण्ड

जनता खुसी र सुखी भएमात्र राज्य बलियो हुन्छ : खिलराज रेग्मी

संविधानका कमजोरीलाई संशोधन गरेर अघि बढ्नु पर्छ : उपराष्ट्रपति यादव 

विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

विशेष अदालतबाट भएको फैसला चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदनका लागि आइतबार सर्वोच्च अदालतमा पुगेको छ ।

आयोगले चितवन राष्ट्रिय निकुञ्ज कार्यालय सौराहा सेक्टरका तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठक विरुद्धको मुद्दामा पुनरावेदन गरेको हो ।

आयोगले ३१ लाख ५९ हजार सात सय ३५ बराबरको बिगो दाबी गरेको थियो । सो मुद्दामा विशेषले गत असार १८ गते सफाइ दिएको थियो ।

त्यसैगरी आयोगले नापी कार्यालय रूपन्देहीका नापी अधिकृत ध्रुवराज मरासिनी, विन्देश्वर यादव र सर्वेक्षक ठाकुरप्रसाद गुरौ विरुद्धको मुद्दामा पनि पुनरावेदन गरेको छ ।

बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु

वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

उल्लासपूर्वक मनाइयो नयाँ वर्ष

आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्ष मुलुकभर एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ ।

वर्षको पहिलो दिनमा धेरैजसोले मठमन्दिरमा गई पूजा आराधना गरेका छन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिनका रूपमा मनाउने प्राचीन कालदेखिको परम्परा छ ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गरेका छन् ।

असन्तुलित व्यापार अमान्य हुने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प असन्तुलित व्यापार सहमतिबाट लाभ लिन प्रयास नगर्न चेतावनी दिएका छन्।

राष्ट्रपति ट्रम्पले शुक्रबार स्मार्टफोन र कम्युटरमा कर फिर्ता गरिएको निर्णय अस्थायी भएको समेत बताएका छन्। राष्ट्रपति ट्रम्पले थप ट्यारिफको सम्भावना समेत व्यक्त गरेका छन्।

युक्रेनको विश्वविद्यालयमा भएको रुसी आक्रमणमा ३४ जनाको मृत्यु

युरोपेली सङ्घबाट प्यालेस्टिनी जनताका लागि नयाँ आर्थिक सहायता घोषणा

रुसी आक्रमणबाट चार युक्रेनीको मृत्यु

अबुधाबीमा दक्ष कामदार २५ लाख पुग्यो, ८२ प्रतिशतले वृद्धि

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ७ : ३८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित