पूर्वराष्ट्रपतिको प्रश्नः अनेक राजनीतिक विकल्पको अभ्यासपछि पनि जनतामा चरम निराशा किन ? « Khabarhub

पूर्वराष्ट्रपतिको प्रश्नः अनेक राजनीतिक विकल्पको अभ्यासपछि पनि जनतामा चरम निराशा किन ?


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वाधीन, सवल र आत्मनिर्भर अर्थतन्त्र निर्माणका दिशामा सरकारले आफ्ना प्रयासहरूलाई थप तीव्र बनाउनुपर्ने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् ।

‘राष्ट्रियता सुदृढीकरण, अग्रगमन र जनसमस्याको समाधानको नाममा हामीले पटक–पटक व्यवस्था र संविधान बदल्यौँ तर अवस्था बदल्ने हाम्रो सपना अझै पूरा हुन सकिरहेको छैन ।’ नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले भनिन् । उनले सामाजिक–आर्थिक रूपान्तरण प्रक्रियाले तीव्रता पाउन नसकेको बताइन् ।

अनेक राजनीतिक विकल्पहरूको अभ्यासपछि पनि जनतामा चरम निराशा छाउने स्थिति किन उत्पन्न भयो ?, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि देशको कायापलट हुने विश्वास हामीले जनतालाई दिलाएका हौँ, खोजेको व्यवस्था प्राप्त भएपछि पनि जनताको जीवनस्तरमा आशातीत परिवर्तन किन हुन सकिरहेको छैन ? यस्ता प्रश्नहरूमा अब चिन्तामात्र प्रकट गरेर जनताको सहानुभूति बटुल्न खोज्नुभन्दा निर्मम आत्मसमीक्षा गर्दै फेरि पनि निरन्तर इमान्दार प्रयास गर्नुको विकल्प नरहेको पूर्वराष्ट्रपति भण्डारीको भनाइ छ ।

नेपाली जनताले इतिहासमा सदियौँसम्म भोगेका सामन्ती शोषण तथा उत्पीडनको पीडाका अवशेष अझै बाँकी रहेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बताइन् । उनले विगतका असमझदारी, तीक्तता, निराशा र अवरोधलाई समीक्षाको विषय बनाएर प्रेरणाका रुपमा लिनुपर्ने बताइन् ।

‘हामी सबैलाई ज्ञात भएकै विषय हो कि, नेपाली जनताले इतिहासमा सदियौँसम्म सामन्ती शोषण तथा उत्पीडनको पीडा ब्यहोर्न बाध्य हुनुपरेको थियो । त्यसका अवशेषहरू अझै बाँकी नै छन्,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘विकास प्रक्रियाको गत्यावरोध तोड्न, अन्याय–अत्याचारको दुष्चक्रबाट मुक्त हुन र स्रोतसाधनले सम्पन्न सुन्दर यस मलुकलाई विश्वकै समृद्ध एवं प्रतिष्ठित देशको कोटीमा पुर्‍याउने अभियान तीव्र पार्न जनताले अनेकौँ बलिदानीपूर्ण सङ्घर्षसहित अद्वितीय योगदान गर्दै अगाडि बढिरहेको यथार्थ हामी सबैका सामू छर्लङ्ग छ ।’

उनले घरेलु समस्या समाधानका निम्ति जनजागरण, दबाब र सङ्घर्षको नीति मात्र अवलम्बन नगरेर सघन संवाद, सहमति र सहकार्यको लोकतान्त्रिक एवम् सिर्जनात्मक माध्यमसमेत अपनाउन आवश्यक रहेको बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले विगत वर्षका यस्ता समस्या र नकारात्मक प्रवृत्तिहरूबाट गम्भीर पाठ सिकेर नयाँ वर्षको अवसरमा नयाँ सङ्कल्पका साथ विकास प्रक्रियालाई तीव्र तुल्याउनु पर्ने बताइन् ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ५ : २९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित