टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ « Khabarhub

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ । 

यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै सामुदायिक विद्यालयको घेराबारा गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । 

सामुदायिक विद्यालयको शैक्षिक सुधारसँगै भौतिक संरचनाको सुरक्षाको लागि गाउँपालिकाले योजनाबद्ध रुपमा कार्यक्रम सञ्चालन गरेर विद्यालयहरूको घेराबारा गरेको उनको भनाइ छ ।

‘हामीले गाउँपालिकाभित्रका सबै विद्यालयको घेराबाराको काम सम्पन्न गरेका छौँ’, उपाध्यक्ष राईले भनिन्,’विद्यालयमा घेराबारा नहुँदा विभिन्न खालका समस्या देखिएपछि हामीले घेराबाराको कार्यक्रम सञ्चालन गरेका हौँ ।’

धेरै विद्यालयहरू एकान्तमा रहेकाले विद्यालयमा पशुचौपाया तथा मानिसहरूले उपद्रो गर्दा क्षति पुग्दै आएको अवस्थामा घेराबारा गरिएपछि सहजता भएको सिंहदेवी माध्यमिक विद्यालय लेखर्कका प्रधानाध्यापक राजधन राईले बताए। घेराबारा गरिएपछि विद्यालयसँगै विद्यार्थीहरूको सुरक्षामा सहजता भएको उनको भनाइ छ । विगतमा विद्यालय क्षेत्र खुला रहँदा भौतिक संरक्षण तोडफोड हुने, गाईबस्तु चराउनेलगायतको समस्या रहेकोमा अव त्यसको अन्त्य भएको उनको भनाइ छ । 

‘विद्यालयको घेराबारा नहुँदा धेरै समस्या थियो’, प्रधानाध्यापक राईले भने, ‘विद्यालयको चौरमा गाईबस्तु शैक्षिक गतिविधिमा समस्या हुन्थ्यो । विद्यालयमा अनावश्यक मानिसहरूको प्रवेश हुँदा शिक्षण सिकाइमा असर पुगेको अवस्था थियो । घेराबारा भएपछि विद्यालयको भौतिक सम्पत्तिको सुरक्षासँगै पठनपाठनमा सहजता छ ।’

गाउँपालिकाले यहाँको शैक्षिक सुधारको लागि भौतिक संरचना निर्माणसँगै विद्यालय प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए। सामुदायिक विद्यालयहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहज वातावरण निर्माणमा गाउँपालिकाले ध्यान दिएको उनको भनाइ छ । 

गाउँपालिकाले वार्षिक रुपमा उत्कृष्ट विद्यालयको छनोट गरेर पुरस्कृत गर्दै आएको अध्यक्ष बस्नेतको भनाइ छ । विद्यालयलाई लक्षित गरेर वार्षिक रुपमा प्रतिभा पहिचान कार्यक्रमसमेत सञ्चालन भइरहेको उनले जानकारी दिए।

‘हामीले सामुदायिक विद्यलायको शैक्षिकसँगै भौतिक सुधारमा जोड दिएका छौँ’, अध्यक्ष बस्नेतले भने, ‘वार्षिक रुपमा उत्कृष्ट विद्यालयलाई प्रोत्साहनसँगै प्रतिभा पहिचानको कार्यक्रम पनि सञ्चालन गरिरहेका छौँ ।’

गाउँपालिकाले शैक्षिक अनुसन्धानको कामसमेत  गरिरहेको छ । स्थानीयको माग र आवश्यकताको आधारमा विकासका कामलाई अघि बढाएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ८ : ३६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित