प्रहरीले भन्यो : जेन-जीका नाममा लुटपाट र आगजनी गर्नेको तस्बिर, भिडियो पठाइदिनुस्


२७ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले यही मंगलबार र बुधबार जेन-जीका नाममा भएको आन्दोलनका क्रममा संघीय राजधानी काठमाडौंसहित देशभर भएका आगजनी र लुटपाटमा संलग्नको तस्बिर-भिडियो तथा सामाजिक सञ्जालका लिङ्क पठाइदिन आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै सर्वसाधारणलाई यस्तो आह्वान गरेको हो । ‘भिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास फैल्याउने किसिमका अन्य विविध घटनासँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्क तपाइहरूसँग छन् भने कृपया हामीलाई पठाउनुहोला’, प्रहरी प्रधान कार्यालयले भनेको छ।

प्रहरीले त्यस्ता कुनै जानकारी भए प्रहरीको जिमेल ठेगाना nepalpoliceinfo@gmail.com पठाउन सकिने पनि सर्वसाधारणलाई भनेको छ। प्रहरीले यसरी विवरण उपलब्ध गराउने व्यक्तिहरूको गोपनीयता राखिने पनि विश्वास दिलाएको छ ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ४ : ३६ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र