अर्थसंक्षेप : गभर्नरलाई गालीको वर्षा, नागरिक उड्डयन प्राधिकरण विभाजनको विरोध र १० दिनपछि शेयर बजारमा रौनक


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजारका कारोबारीले आफ्नो कार्यकाल सकेर घर जान लागेका गभर्नरलाई गाली गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन गर्न लागिएको भन्दै कर्मचारी संगठनले विरोध जनाएका छन् ।

१० दिनपछि नेप्से परिसूचक बढ्यो । नेपालको टेलिकम क्षेत्रको आम्दानी र नाफा खुम्चिँदै जाँदा ती क्षेत्र संकटोन्मुख भएको विश्लेषण भएको छ ।

आजको आर्थिक समाचार

घर जान लागेका गर्भनरलाई गालीको वर्षा !

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफ्नो ५ वर्षे कार्यकाल सकिएर आउँदो चैत २४ गते घर फकिँदै छन् । अधिकारीको कार्यकालमा नेपालको सेयर बजारको अवस्था के–कस्तो रह्यो ? सेयर लगानीकर्ताहरु यस्तो प्रश्न सोध्दा गभर्नर अधिकारीमाथि आक्रोश पोख्छन् ।

राष्ट्र बैंकको गभर्नरका रुपमा काम गर्दा अधिकारीले सेयर लगानीकर्ताहरुबाट जति आलोचना व्यहोरे, त्यति विगतका अन्य गभर्नरले व्यहोरेका थिएनन् । अधिकारीको ‘बहिर्गमन’को खबरसँगै शेयर बजारमा उत्साह थपिनु शायद संयोग मात्र होइन ।

१० दिनपछि शेयर बजारमा रौनक, १७ अंकले बढ्यो नेप्से

शेयर बजारमा १० दिन पछि फेरि रौनक फर्किएको छ । आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १७.२८ अंकले बढेसँगै बजारमा रौनक फर्किएको हो ।

यसअघि फागुन १८ गते नेप्से ७५.२४ अंकले बढेको थियो । त्यसपछि भने लगातार घटिरहेको नेप्से आज नेप्से ०.६३ प्रतिशतले बढेर २७३६.४८ विन्दुमा पुगेको हो ।

स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्मविपरीत हुन्छ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम संघले गर्नु संविधान र संघीयताको मर्म र भावनाविपरीत हुने बताएका छन् ।

आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग गरेको छलफलमा अर्थमन्त्री पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम अब संघले गर्न नहुने बताए ।

‘टेलिकमहरूको प्याकेज धनीलाई सस्तोमा दिने र गरिबसँग धेरै लिने भयो’

टेलिकम कम्पनीहरूको प्याकेज धनीलाई सस्तोमा दिने र गरिबसँग धेरै लिने प्रकारको भएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले बताएका छन् ।

बुधबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘रिभाइटलाइजिङ टेलिकम इन्टस्ट्री’ कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले सो बताएका हुन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा–छेन्दु उडान हुँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको प्रयासस्वरूप यही चैत ५ गते पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यवसायिक चार्टर्ड उडान गरिने भएको छ ।

लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा पहिलोपटक व्यावसायिक चार्टर्ड उडान गर्न लागिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।

९ निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा रखेको छ ।

कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न निकायबाट कालोसूचीमा राख्नका लेखआए बमोजिम ९ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ ।

राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा १५ अर्ब खर्च

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापना भएयता १० वर्षमा झण्डै १५ अर्ब रुपैयाँ खर्च भएको छ । समितिले यस अवधिमा गरेको खर्च उद्देश्यअनुसारको उपलब्धीबारे समीक्षा हुन थालेको छ ।

२०७१ साल असार २ गते स्थापना भएको समितिले आर्थिक वर्ष २०८०–८१ सम्म १४ अर्ब ९६ करोड खर्च गरेको छ ।

सामूहिक मकैखेती गर्दै ताप्लेजुङका किसान

ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित भएका पाइएको छ । मिक्वाखोला गाउँपालिका–२ का किसानले सूर्यज्योति कृषक समूह गठन गरी सामूहिक मकैखेती थालेका हुन् । बाह्र परिवारले एक सय ४० रोपनी क्षेत्रफलमा मकैखेती गरिरहेका छन् ।

स्थानीय किसान इन्द्रकुमारी तामाङका अनुसार पारम्परिकबाट सामूहिक खेतीतर्फ रूपान्तरण हुँदै गएका किसान आफ्नो इच्छाअनुसार फरक–फरक प्रकारका बालीनाली लगाउने गर्थे । कसैले आलु, कसैले धान, कसैले कोदो वा मकैखेती गर्थे । तर अहिले भने योजनाबद्ध रूपमा सामूहिक खेती गर्ने प्रवृत्ति बढ्दै गएको छ ।

नेपालको टेलिकम क्षेत्र ओरालो लागेको निष्कर्ष

नेपालको टेलिकम क्षेत्र धरासायी हुँदै गएको सरकार, अपरेटर र सरोकारवालाहरुले निष्कर्ष निकालेका छन् । मंगलबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘रिभाइटलाइजिङ द टेलिकम इन्डष्ट्री’ कार्यक्रममा आफ्नो धारणा राख्दै उनीहरूले यस्तो बताएका हुन् ।

नेपालको टेलिकम क्षेत्रको आम्दानी र नाफा दुबै खम्चिँदै गएको भन्दै नीतिगत, कानुनी र व्यवसाय विस्तारका सम्भावनाहरू खोज्नुपर्ने उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ६ : २३ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र