पत्रकार महासंघको निष्कर्ष : धरानका मेयरले सामाजिक दूरी र द्वन्द्व बढाए « Khabarhub

पत्रकार महासंघको निष्कर्ष : धरानका मेयरले सामाजिक दूरी र द्वन्द्व बढाए

पत्रकारका परिवारलाई समेत त्रसित बनाएको दाबी


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल पत्रकार महासंघले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईका कारण सामाजिक दूरी र द्वन्द्व बढ्दै गएको निष्कर्ष निकालेको छ ।

महासंघले आइतबार धरानका पत्रकार गोपाल दाहालबारे स्थलगत अध्ययन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै यस्तो निष्कर्ष निकालेको हो।

केन्द्रीय सदस्य कमल रिमाल र शंकर खरेल, महासंघ कोशी प्रदेश कमिटीका अध्यक्ष भरतबहादुर खड्का, सुनसरी शाखा अध्यक्ष सन्तोष काफ्ले र वरिष्ठ पत्रकार हर्ष सुब्बाले सबै दलसँग छलफल गरी तयार पारेको स्थलगत प्रतिवेदनका आधारमा यस्तो निष्कर्ष निकालिएको हो ।

‘धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईका गतिविधिले सामाजिक दूरी र द्वन्द्व बढ्दै गएको छ’, निष्कर्षबारे महासचिव रामप्रसाद दाहालले भनेका छन्, ‘प्रमुख राईले आफ्नो आलोचना गर्ने, शहरको अवस्थाबारे समाचार लेख्नेलाई गाली र अपमान गर्ने, आफ्ना समर्थकबाट धम्की दिने, शारीरिक हमला गर्ने र समाचार लेख्न नपाउने गरेको देखिन्छ ।’

महासंघले नगर प्रमुखले कथा लेखेर, भिडियो बनाएर आफ्नो राम्रो कामका लागि युट्युबर प्रयोग गरेको भेटिएको पनि जनाएको छ ।

‘नगर प्रमुखबाट आफ्नो राम्रो कामको पक्षको कुरा लेखाउने, भिडियो बनाउने काममा युट्युवरहरूलाई प्रयोग गरेको पाइएको छ । व्यवसायिक पत्रकारहरूलाई निशाना बनाउने काम गरेको देखिन्छ’, महासंघले भनेको छ, ‘जवाफ दिन अनुकूल प्रश्न नगर्नेलाई प्रमुख राईले दलको झोले पत्रकार भनेर गाली गर्ने गरेको देखिन्छ ।’

मेयर राईले नगरका गतिविधिको सूचना मेयर राईले नदिने गरेको पनि जनाएको छ। ‘नगरका सूचनाहरू नदिने, पत्रकारहरूसँग सम्पर्कमा आउन नचाहने, सामाजिक सञ्जालमार्फत नगर प्रमुखले पत्रकार र उनका परिवारलाई पीडा हुने गरी चुनौतीको भाषामा लेख्ने, भिडियो सामग्रीहरू बनाउने कार्यले गोपाल दाहाललगायत पीडित पत्रकारका परिवारका सदस्यहरू मानसिक तनावमा रहेको पाइयो’, महासंघले भनेको छ, ‘नगरमा सूचना प्रवाह गर्ने, पत्रकारसँग सम्पर्कमा रहन खोज्ने, भाषामा लेख्ने नगर प्रमुख पत्रकार र उहाँका चुनौतीका कारण गोपाल दाहाल र पीडित पत्रकारका परिवारका सदस्य मानसिक तनावमा रहेको पाइएको छ ।’

महासंघले कतिपय पीडित पत्रकारका छोराछोरीहरू, पत्रकार बुबाआमालाई धम्म्याएका वा गाली गर्दै लेखेका सामाजिक सञ्जालको स्टाटस हेरेर डराएको, विद्यालयमा पढ्न जानसमेत सशंकित हुने गरेको पाइएकोले त्रासको वातावरण व्यक्तिमा मात्र सीमित नरही परिवारको तहसम्म पुगेको जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ३ : ०६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित