युक्रेनमा १ करोड ३० लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता « Khabarhub

युक्रेनमा १ करोड ३० लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता


२६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– युक्रेनमा एक करोड ३० लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको मानवतावादी मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव टम फ्लेचरले बताएका छन् ।

युक्रेनीहरुको अवस्थाबारे सुरक्षा परिषद्लाई जानकारी दिँदै संयुक्त राष्ट्रसङ्घका राहत प्रमुखले अन्तर्राष्ट्रिय समुदायलाई सहयोग र समर्थन गर्न आह्वान गरे । उनले द्वन्द्वरत पक्षले अन्तर्राष्ट्रिय कानूनअनुसार नागरिकको रक्षा गर्नु पर्ने विषयमा जोड दिए । 

उनका अनुसार रूस–युक्रेन युद्धका कारण लगभग ३७ लाख युक्रेनी विस्थापित भएका छन् भने सात लाख हाल शरणार्थीका रूपमा बाँचिरहेका छन् । यसै गरी रूसले कब्जा गरेका डोनेट्स्क, खेरसन, लुहान्स्क र जापोरिझ्जियाका अनुमानित १५ लाख नागरिकसम्म पुग्न असमर्थ रहेको मानवीय सहायताकर्मीहरूले बताएका छन् ।  

बढ्दो आवश्यकताका बाबजुद युक्रेनमा दुई अर्ब ६० करोड अरब डलर राष्ट्रसङ्घीय नेतृत्वको मानवीय प्रतिक्रिया योजनाले आवश्यक कोषको १७ प्रतिशत मात्र प्राप्त गरेको जनाइएको छ ।  

रूसी राजदूत भासिली नेबेन्जियाले युक्रेनी मिडियाले आफ्नो देशलाई जानाजानी शान्ति प्रयासलाई कमजोर पार्ने देशके रूपमा चित्रण गरिरहेको बताएका छन् ।  

यसैबीच संयुक्त राष्ट्रसङ्घका लागि युक्रेनकी स्थायी प्रतिनिधि क्रिस्टिना हायोभिशिनले आफ्नो देशमा भएको आक्रामक कार्यका लागि रूस जबाफदेही बन्नुपर्ने बताएका छन् । उनले युद्ध अन्त्य गर्न छलफल मात्र नभए वास्तविक दबाब दिन आवश्यक रहेकोसमेत बताए 

हायोभिशिनले रूसले तत्काल ३० दिनको अन्तरिम युद्धविरामका लागि अमेरिकी प्रस्तावको जवाफ दिई युक्रेन विरुद्धको आक्रामक युद्ध समाप्त गर्नुपर्ने बताए ।  

संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्दै कार्यवाहक प्रतिनिधि डोरोथी सियाले आफ्नो देश न्यायपूर्ण र स्थायी शान्ति प्राप्त गर्न प्रतिबद्ध रहेको बताए । उनले रूस र युक्रेनसँगको द्विपक्षीय संलग्नतामा अमेरिकाले पूर्ण युद्धविरामको प्रस्ताव गरेको उल्लेख गरे ।  

शान्ति कायम गर्नका लागि युक्रेन र रूसले पहिले नै गरिसकेका युद्धविराम प्रतिबद्धताहरू पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताउँदै उनले पूर्ण रूपमा कार्यान्वयन गरियो भने जीवन रक्षा र जीविकोपार्जनमा सुधार हुने बताए । 

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ४ : ५१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित