सडक दुर्घटना न्यूनीकरण गर्न एक महिनामा दुई प्रशिक्षण गरिने « Khabarhub

सडक दुर्घटना न्यूनीकरण गर्न एक महिनामा दुई प्रशिक्षण गरिने

चैतसम्म ७ हजार २ सय लाई पढाइने 


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– सडक दुर्घटना न्यूनीकरण गर्न ‘एक महिना दुई प्रशिक्षण अभियान’ सञ्चालन हुने भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले आइतबार इटहरीमा सडक सुरक्षा सचेतना जागरण अभियानको शुभारम्भ गर्दै कोशी प्रदेश भरी रहेका संघ संगठनका कमिटीहरूले प्रत्येक महिना अनिवार्य दुई वटा प्रशिक्षण सञ्चालन गर्ने कार्य योजना बनाएको छ । 

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले कार्यपत्र प्रस्तुत गर्दै अभियानमा संगठनहरु र सबै व्यवसायी महासंघको प्रदेश कमिटी र मातहत जिल्ला, पालिका र इकाई कमिटीहरूले प्रत्येक महिना दुई वटा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने योजना प्रस्तुत गरेका थिए ।
 
प्रस्तुत कार्य योजना अनुसार एक महिनामा दुई प्रशिक्षण गरिने प्रस्ताव छ जस अन्तर्गत संगठन र संघका प्रदेश, जिल्ला, पालिका र इकाई कमिटीहरू र महासंघ आबद्ध व्यवसायी प्रालिहरुले प्रत्येक १५ दिनमा यातायात मजदुर सहभागी गराएर प्रशिक्षण गर्ने उल्लेख छ ।  प्रशिक्षकका रूपमा ट्राफिक प्रहरीले विज्ञ परिचालन गर्ने र प्रत्येक कक्षामा २५ जनाको संख्यामा चालक, सहचालक, परिचालक र व्यवसायीलाई सहभागी गराइले राईले प्रस्ताव गरेका छन् ।

त्यसरी सञ्चालन हुने प्रशिक्षण बढीमा एक घण्टाको हुने समयलाई सिकाइमा केन्द्रित गर्ने उल्लेख छ । प्रशिक्षण श्रव्य दृश्य सामग्री मार्फत दिइने र सडक दुर्घटना सचेतना सम्बन्धी पर्चा, पम्प्लेट, स्टिकर र चित्रहरू मार्फत शिक्षा प्रदान गरिने योजना रहेको छ । 

यो अभियान चैत्रसम्म सञ्चालन गर्दा न्यूनतम न्यूनतम ७ हजार २ सय मजदुरलाई सडक सुरक्षा सचेतना गराउन सकिने राईले बताए । यस अभियानमा दुई वटै संगठनसंगै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशीसमेत सँगसँगै रहने राईले बताए । 

कार्यक्रम कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फूयाल, नेपाल प्रहरी कोशी प्रदेश प्रमुख डिआइजी राजन अधिकारी लगायतको सहभागिता रहेको थियो ।

गौरीलाको अध्यक्षमा भएको कार्यक्रममा महेश घिमिरेले सञ्चालन र विष्णु खत्रीले स्वागत गरेका छन्  ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ७ : २१ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला