सेटलाइट कृषि फार्मका लागि ८०१ रोपनी जग्गा प्राप्ति « Khabarhub

सेटलाइट कृषि फार्मका लागि ८०१ रोपनी जग्गा प्राप्ति


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमीमा सेटलाइट कृषि फार्म स्थापनाका लागि ८०१ रोपनी जग्गा प्राप्त भएको छ । शीतोष्ण फलफूल तथा स्याउको उत्पादन दीर्घकालसम्म सुनिश्चित राख्ने उद्देश्यले सेटलाइट कृषि फार्मको अवधारणा अघि सारिएको हो । जग्गा प्राप्तिसँगै सेटलाइट कृषि फार्मको गुरुयोजना अघि बढाउन बाटो खुलेको छ ।

सरकारी जग्गा दर्ता, उपयोग तथा भाडामा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति–२०७९ मा भएको व्यवस्थाअनुरूपका मुस्ताङको घमीमा  सेटलाइट फार्म स्थापनाका लागि शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका नाममा जग्गा प्राप्ति भएको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए । 

केन्द्रले सेटलाइट फार्म स्थापनाका लागि सरोकारवाला निकायसँग दुई वर्षअघि प्रक्रिया अघि बढाएकोमा शुक्रबार मात्रै केन्द्रको नाममा जग्गा प्राप्ति प्रक्रिया टुङ्गिएको केन्द्र प्रमुख आत्रेयले बताए।

मालपोत कार्यालय मुस्ताङका प्रमुख सूर्य शर्मा अर्यालले केन्द्र प्रमुख पद्मनाथ आत्रेयलाई फार्मका लागि लालपूर्जा हस्तान्तरण गरेको मालपोत कार्यालय मुस्ताङले जनाएको छ ।

यहाँ उत्पादन हुने ३५ प्रजातिका स्याउलगायत शीतोष्ण फलफूलअन्तर्गत ओखर, कागजी बदाम, आरु, आरुबखडा, खुर्पानी, स्वीट चेरी र अङ्गुरलगायतका फलफूल जातहरुको संरक्षण गरी सयौँ वर्षसम्म स्याउको राजधानीका रुपमा स्थापित गराइराख्न चुनौती रहेकाले माथिल्लो भूभागमा सेटलाइट फार्मको अवधारण बनेको केन्द्र प्रमुख आत्रेयको भनाइ छ । 

साथै तल्लो मुस्ताङ र माथिल्लो क्षेत्रमा स्याउलगायतका बिरुवा रोपण गर्ने तालिका फरकफरक भएकाले केन्द्रमा उत्पादन हुने बिरुवा माथिल्लो क्षेत्रका कृषकलाई अनुकूल हुँदैन । यसकारण सेटलाइट फार्म स्थापना भई उक्त स्थानमा बिरुवा उत्पादन भएको अवस्थामा त्यहाँका किसानका समस्या निराकरण हुने विश्वास गरिएको छ ।

यहाँको तल्लो मुस्ताङमा पछिल्लो समय धेरै पानी पर्न थालेका र माथिल्लो मुस्ताङमा जलवायु अनुकूलता अपनाउँदै तरकारीको बीउ उत्पादनको दृष्टिकोणबाट पनि अत्यन्तै सम्भावना रहेको केन्द्र प्रमुख आत्रेयको भनाइ छ । उपल्लो मुस्ताङमा सयौँ हेक्टर जमिन बाँझो रहेको र त्यहाँ सिँचाइको व्यवस्थापन गर्नसकेमा प्रशस्तै स्याउ फलाउन सकिने जनाइएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  १ : ०० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित