दिगो पर्यटन विकासमा योगदान गरेको प्रकृति रिसोर्ट ट्राभललाइभ प्रमाणीकरण  « Khabarhub

दिगो पर्यटन विकासमा योगदान गरेको प्रकृति रिसोर्ट ट्राभललाइभ प्रमाणीकरण 


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दिगो पर्यटनमा योगदान गरेको भन्दै प्रकृति रिसोर्ट एण्ड अर्ग्यानिक फार्म बेलायतको प्रतिष्ठित ट्राभललाइभ प्रमाणीकरण भएको छ । 

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका हैबुङ-३ मा रहेको प्रकृति रिसोर्ट एण्ड अर्ग्यानिक फार्मले वातावरणमैत्री पूर्वाधार विकास, अर्ग्यानिक खेती, शून्य फोहोर व्यवस्थापन र सामुदायिक समावेशीकरणमा आधारित भएको भन्दै ट्राभललाइभ प्रमाणीकरण प्रदान गरिएको एक कार्यक्रम गरी जानकारी गराइएको छ । 

नेपाल पर्यटन बोर्डको सभाहलमा मंगलबार एक कार्यक्रम आयोजना गर्दै रिसोर्टले ग्लोबल सस्टेनेबल टुरिजम् काउन्सिल तथा यूएनटीओको दिगो विकास लक्ष्यहरूमा आधारित १४३ मापदण्ड पूरा गरेपछि ट्राभललाइभ प्रमाणीकरण प्राप्त गरेको रिसोर्टका प्रबन्ध निर्देशक अरुण श्रेष्ठले जानकारी दिएका छन् । 

रिसोर्टका प्रबन्ध निर्देशक श्रेष्ठले भने, ‘यो उपलब्धिले रिसोर्टको दीर्घकालीन दिगो अभ्यासहरूमा मान्यता दिने र नेपाली पर्यटन उद्योगमा दिगो प्रवृत्तिको विकास गर्न प्रेरणा मिलेको छ ।’

उनले ट्राभललाइभको प्रमाणीकरणले नेपालको पर्यटनलाई विश्व बजारमा उत्तरदायी र जलवायु-मैत्री गन्तव्यको रूपमा स्थापित गर्न मद्दत पुर्‍याउने बताएका छन् । 

कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले यस किसिमका अन्तर्राष्ट्रिय प्रमाणीकरणले अन्य होटल तथा रिसोर्टहरुलाई पनि प्रेरणा मिलेको उल्लेख गरेका छन् । 

उनले भने, ‘अन्तर्राष्ट्रिय सर्टिफिकेसनले गर्दा पर्यटन क्षेत्रमा दिगो अभ्यासलाई प्रोत्साहन गर्दछ । स्थानीय समुदायको सहभागितामा मात्र दिगो पर्यटन सम्भव हुन्छ ।’ 

त्यसैगरी कार्यक्रममा होटल संघ नेपालका अध्यक्ष विनायक शाहले अबको भविष्य नै हरित पर्यटनमा भएकोले यस उपलब्धिले इको-टुरिजममा थप टेवा पुग्ने बताएका छन् । यसैबीच कार्यक्रममा दिगो पर्यटन अवधारणा, रणनीति र भावी योजनाका बारेमा समूहगत छलफलसमेत भएको थियो ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ४ : ३७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित