सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागूऔषध’ हो : गृहमन्त्री लेखक « Khabarhub

सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागूऔषध’ हो : गृहमन्त्री लेखक


२५ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सडक दुर्घटना र विद्युतीय अपराधको जड ‘लागूऔषध’ भएकाले त्यसको न्यूनीकरण तथा नियन्त्रणमा समग्र राष्ट्र एक हुनुपर्ने बताएका छन् ।  

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने सन्दर्भमा आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सरोकार भएका सबैको सहयोग र सहकार्यमा लागूऔषध न्यूनीकरण तथा नियन्त्रण गर्नुपर्ने बताए ।

मादकपदार्थ सेवनको जाँच हुन थालेपछि सवारी चालकले लागूपदार्थ प्रयोग गर्न थालेको दृष्टान्त प्रस्तुत गर्दै उनले भने, ‘बर्सेनि ठूलो धनजनसहित मुलुकलाई  अपूरणीय क्षति पुर्‍याउने प्रमुख भूमिकामा रहेको लागूपदार्थको ओसारपसार, भण्डारण र सेवनको अवस्थालाई दृष्टिगत गरी सम्बद्ध सरकारी तथा गैरसरकारी संस्था र नागरिक समाजका बीच सहयोग र सहकार्य हुन जरुरी छ ।’  

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार न्यूनीकरण तथा नियन्त्रणमा सबैभन्दा नजिक जोडिने अभिभावकसहित परिवारका सदस्य, विद्यालय परिवार र स्थानीय तहको विशेष ध्यान जान आवश्यक रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले यसअघि जस्तै यस वर्ष आगामी असार ६ देखि १२ गतेसम्म देशव्यापी रूपमा मनाउन लागेको सो दिवसलाई परिणाममुखी बनाउन सबैसँग अनुरोध गरे ।
 
लागुऔषधका कारण समाजमा परेका दुष्प्रभाव न्यूनीकरण तथा नियन्त्रणका लागि व्यक्ति स्वयं सचेत र सजग हुनुपर्नेमा जोड दिँदै उनले अभिभावक र शिक्षकबीच विद्यालयमा नियमितजसो अन्तरक्रिया हुनुपर्ने, विद्यालय तहको पाठ्यक्रममा लागूऔषधसम्बन्धी विषय समावेश गर्नुपर्ने, समग्र राष्ट्रलाई पिरोलिरहेको यससँग सम्बन्धित सञ्जाल र दुष्चक्रलाई तोड्नुपर्ने र प्रचारप्रसारको कामलाई अभियानका रूपमा सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे ।

सो अवसरमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले लागुऔषधको दुरुपयोग हुनसक्ने सम्भावित स्थल विद्यालय तथा छात्रवासलाई सूक्ष्म ढङ्गबाट निगरानी गर्नुपर्ने, यसको कारोबारमा संलग्न पक्षलाई हदैसम्मको कारबाही गर्नुपर्ने, स्थानीय तहमासमेत लागूऔषधसम्बन्धी छुट्टै कक्षको व्यवस्था गर्नुपर्ने, लागूऔषधसम्बन्धी सडक नाटक, निबन्ध प्रतियोगितालगायत रचनात्मक कार्यक्रम आयोजना गर्नुपर्ने,  लागूपदार्थ प्रयोग गर्ने सवारी चालकलाई हदैसम्मको कारबाहीको व्यवस्था हुनुपर्ने, लागूऔषध दुरुपयोग तथा अवैध ओसापसारसम्बन्धी देशव्यापी रूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, खुला सिमानामा हुनसक्ने ओसारपसारतर्फ सचेत हुनुपर्ने सुझाव दिए ।  

लागूपदार्थ सेवनका कारण नेपालमा हरेक वर्ष एक लाख ३४ हजार मानिसको ज्यान जाने गरेको औपचारिक तथ्याङ्क रहे पनि पाँच लाखभन्दा बढीको निधन हुने गरेको सो अवसरमा बताइयो । –रासस
 

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ३ : २० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित