मधेस सरकारले थाल्यो वर्षायाम प्रारम्भ हुनुअगावै क्षति नियन्त्रणको पूर्वतयारी « Khabarhub

मधेस सरकारले थाल्यो वर्षायाम प्रारम्भ हुनुअगावै क्षति नियन्त्रणको पूर्वतयारी


२५ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– बर्खा सुरु हुनुअघि मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले बाढी र डुबान क्षेत्रको नक्शाङ्कन गरी क्षति रोक्न पूर्वतयारी थालेको छ । 

प्रारम्भिक चरणमा बाढी/डुबानबाट हुनसक्ने ठाउँको आँकलन गरी त्यसको बचावका लागि पूर्वतयारी गर्न तीन जिल्लाका सुरक्षा निकाय र सरोकारवालाबीच आज बर्दिबासमा समन्वयात्मक पूर्व तयारी थालिएको हो । 

मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्रालयका विपद् व्यवस्थापन शाखाका विज्ञ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख, महोत्तरी, धनुषा र सर्लाहीका सबै सुरक्षा निकायका प्रमुख तथा विपद् प्रतिकार्य अभ्यासमा रहेका सामाजिक सङ्घ संस्थाका अगुवा समन्वयात्मक बैठकमा सहभागी छन् । 

बैठकमा प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले बर्खा सुरु हुनअगावै बाढी र डुबान क्षेत्रको नक्शाङ्कन गरी धनजनको क्षति हुन नदिन पूर्वतयारी थालिएको बताए  । 

‘बर्सेनि बर्खामा बाढी, डुबान र त्यसपछि महामारीको प्रकोप चल्ने गरेको विगत अनुभव छ’, लेखीले भने, ‘यसपालिको बर्खामा क्षति भोग्ने स्थिति नपरोस् भनेर अहिलेदेखि नै तयारी थालिएको हो ।’

यो समन्वयात्मक बैठकले तीन वटै जिल्लामा सम्भावित जोखिमबाट हुने क्षति न्यूनीकरण गर्न स्पष्ट खाकासहितको कार्य योजना बनाउने उनको भनाइ छ । 

समन्वयात्मक बैठकले तीन वटै जिल्लाका बाढी–डुबान प्रभावित क्षेत्रको नक्शाङ्कन गरी ती क्षेत्रमा बचाव कार्यको पूर्वतयारीका लागि प्रतिकार्य तथा उद्धार टोली तयार अवस्थामा राखिन र उद्धार राहत सामग्री व्यवस्थापन गरिन योजनाबद्ध तालिका बनाउने मन्त्रालयका सचिब विमलप्रसाद बरालले बताए ।

महोत्तरीमा मात्रै रातु, मडहा, बाँके, ओक्सी र जङ्घासहितका नदीमा आउने बाढीले बर्सेनि ठूलो सङ्ख्यामा मानिसहरू प्रभावित हुँदै आएका छन् ।

जिल्लामा रातु नदीको बाढीले नै ४५ हजार भन्दा बढी प्रभावित हुँदै आएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालको भनाइ छ । 

यसैगरी कमला, जलाद, औरहीसहितका नदीले धनुषामा र बागमती, झिम, लखन्देई र बकैयासहितका नदीमा आउने बर्खे बाढीले धनजनको क्षति गर्दै आएको छ । –रासस

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ३ : ०८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित