‘गोर्खा सेनाको गौरवशाली इतिहास’ « Khabarhub

‘गोर्खा सेनाको गौरवशाली इतिहास’


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले गोर्खा सेनामार्फत बेलायत-नेपाल मित्रताको गहिरो सम्बन्धको प्रत्यक्षदर्शी बनेका छन्। सो अवसरमा पोखरामा उनीहरुले भूपू गोर्खा र घरपरिवारलाई प्रदान गरिएको हेरचाहदेखि प्रमाणीकरण परेडमा छनोट प्रक्रियाको अन्तिम चरणमा पुगेका नेपाली युवाका लागि रहेको महत्वपूर्ण क्षणको अवलोकन गरेका हुन्।

जहाँबाट बेलायती सेनामा भर्ना हुने २७४ नेपालीको सैन्य पेशागत जीवन सुरु भएको छ। औपचारिक कार्यक्रमपछि, अधिराजकुमार र अधिराजकुमारीले नयाँ भर्ना भएका केही युवाका परिवारका सदस्यसँग भेटघाट गरेको बेलायती दुतावासले जनाएको छ।

यस वर्ष, अत्यधिक प्रतिस्पर्धात्मक भर्ती प्रक्रिया पछि ती २७४ जना प्रशिक्षार्थी राइफलम्यान बेलायती सेनामा सामेल हुनेछन्। गोर्खा सेनाको ब्रिगेड ब्यान्डको नेतृत्वमा परेडको मार्च–आउटमा नेपालभरबाट आएका नयाँ भर्ती भएकाका परिवारका सदस्य उपस्थित थिए।

गोर्खा सेनाको ब्यान्ड प्रस्तुत कास्की,२५ माघः बेलायती सेनामा औपचारिक रुपमा प्रवेश गरेका नेपाली युवाहरु पोखरामा शुक्रबार आयोजना गरिएको वार्षिक प्रमाणिकरण परेडमा गोर्खा सेनाको ब्रिगेड ब्यान्ड प्रस्तुत गरिदै । तस्बिरः कृष्ण दवाडी÷ रासस

समारोहमा अधिराजकुमारले भने, “अब तपाईं गोर्खा सैनिक बन्नुभएको छ। यस वर्ष भर्ती हुन सम्भावना बोकेका १३ हजारभन्दा बढीमध्ये केवल २७४ नयाँ गोर्खामध्ये एक हुनुहुन्छ। यो तपाईंको जीवनको सबैभन्दा ठूलो चुनौतीमध्ये एक रहेको छ। तपाईंहरु आफ्नो उपलब्धिमा धेरै गर्व महसुस गर्न सक्ने अवस्थामा हुनुहुन्छ।”

सफल भएका २७४ जना प्रशिक्षार्थी राइफलम्यान एक वर्ष लामो कठोर, खुला र पारदर्शी छनोट प्रक्रियापछि बेलायती सेनामा सामेल हुँदैछन्। उनीहरु बेलायतको क्याटरिकमा रहेको सैन्य प्रशिक्षण केन्द्र (आइटीसी) पुग्नेछन्। जहाँ उनीहरू नौ महिना लामो प्रशिक्षणमा सहभागी हुनेछन्।

समारोहमा उपस्थित अन्य व्यक्तित्व नेपालका लागि बेलायती राजदूत रोब फेनस गोर्खा ब्रिगेडका कर्नल कमान्डेन्ट मेजर जनरल स्ट्रिकल्याण्ड डिएसओ एमबीइस गोर्खा ब्रिगेडका डेपुटी कर्नल कमान्डेन्ट मेजर जनरल द लर्ड ल्यान्कास्टर टिडी पीसीस ब्रिटिश गोर्खा नेपाल (बिजीएन)का कमाण्डर कर्नल ड्यान रेक्स एमभिओस र बिजीएनका डेपुटी कमाण्डर लेफ्टिनेन्ट कर्नल राजेशकुमार गुरुङले भर्ती भएका नयाँ सैनिकको प्रमाणीकरणको अवलोकन गरेका थिए। परेडमा गोर्खा र ब्रिटिश कर्मचारीलाई ३८ राज्याभिषेक पदक र दुई वटा दीर्घ सेवा तथा असल आचरण पदक पनि प्रदान गरिएको छ।

गोर्खा वेल्फेयर ट्रस्ट (जिडब्लुटी) “एरिया वेल्फेयर केन्द्र“ (एडब्लुसी) कास्कीमा अधिराजकुमार र राजकुमारीले संयुक्त अधिराज्यले विभिन्न परोपकारी संस्थामार्फत बेलायती सेनामा काम गरेकालाई नेपालमा कसरी साथ सहयोग उपलब्ध गराइएको छ भन्ने विषयसमेतको प्रत्यक्ष अवलोकन गरेका छन्। उनीहरूले जिडब्लुटीको आवासीय गृहले गरिरहेको काम हेर्न पनि केही समय बताए। जहाँ २० जना सबैभन्दा कमजोर अवस्थामा रहेका भूतपूर्व गोर्खा सैनिक वा उनका एकल सदस्यलाई आवास र अन्य सहयोग उपलब्ध गराइएको छ।

आवासीय गृहको भ्रमणका क्रममा अधिराजकुमार र राजकुमारीले १०४ वर्षीया आशाकुमारी तामाङसँग भेट गरे। उनका श्रीमानले दोस्रो विश्वयुद्धमा चौथो गोर्खा राइफल्समा आवद्ध भएर सेवा गरेका थिए। उनी सन् २०११ देखि त्यस आवासीय गृहमा बस्दै आएकी छन्। रासस

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ५ : ५६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित