धर्मका नाममा पोखरालाई अशान्त बनाउँदै भण्डारी, कोटिहोमको भूमिपूजन थाल्न खोजेपछि चर्कियो विवाद « Khabarhub

धर्मका नाममा पोखरालाई अशान्त बनाउँदै भण्डारी, कोटिहोमको भूमिपूजन थाल्न खोजेपछि चर्कियो विवाद

महानगरले हस्तक्षेप गर्दा झडप, कम्तीमा १३ जना घाइते


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– शुक्रबार बिहान कोटीहोमस्थल भनिएको वाराहीघाटको चौरमा भूमिपूजन तय भएको थियो । एकातिर पोखरा महानगरपालिकाबाट स्वीकृति नमिलेको, अर्कातिर अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा भूमिपूजन गर्न लागेको भन्दै पोखरा महानगरले रोक्न नगरप्रहरी खटायो ।

कोटिहोमबारे जानकारी दिन यसअघि फागुन पहिलो साता आयोजित पत्रकार सम्मेलनमा मानव सेवा फाउण्डेसनका संस्थापक एवम् आफूलाई विजयकृष्ण मूर्ति महाराज बताउने विजय भण्डारीले धर्मका नाममा आफू अधर्म गर्न पनि तयार रहेको घोषणा गरेका थिए । 

धार्मिक एवम् आध्यात्मिक गुरुहरू सम्यम र विवेकी हुन्छन् भन्ने आमबुझाइविपरीत उनले त्यो आपत्तिजनक र विवादित अभिव्यक्ति दिएका थिए ।

 शान्त पोखरालाई अशान्त बनाउन उनको त्यो एक वाक्य नै काफी थियो । कोटिहोम सुरु हुने दिन नजिकिँदै गर्दा विवादसमेत चर्किँदै गएको छ । 

शुक्रबार महानगरले भूमिपूजन रोक्न खोज्दा विजय भण्डारी समर्थकहरूले रड र फलामका टुक्राले नगरप्रहरीमाथि प्रहार गरेको प्रहरीको भनाइ छ । झडपमा सुरक्षाकर्मी र आयोजकतर्फबाट गरी १३ जना घाइते भएका छन् । पत्रकारलाई समेत चोट लागेको छ । 

कोटीहोम आयोजक संस्थाका प्रमुख विजय भण्डारीले आफूहरूले प्रचार र अन्य तयारीमा करोडौँ खर्च गरेकाले अब कुनै हालतमा कोटिहोम अन्यत्र सार्न नसकिने बताउँछन् । 

‘हामी र हाम्रा समर्थकहरूलाई दोषी देखाएर कोटिहोम नै असफल पार्ने रणनीतिमा पोखरा महानगर लागेको छ,’ उनले भने । 

सम्यमित भएर बस्दा पनि प्रहरी आएर आक्रमणमा उत्रिएको उनको आरोप छ । पोखरा महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले महानगरले अनुमति नै नदिएको ठाउँमा कुनै हालतमा कोटिहोम हुन नसक्ने बताए । 

महायज्ञको आयोजक संस्था मानव सेवा फाउन्डेशन नेपालले तोकिएकै स्थानमा महायज्ञ हुने भन्दै सूचना प्रवाह गरिरहेको छ तर सरकारी निकायले अहिलेसम्म स्वीकृति दिएको छैन ।

पोखराको लेकसाइडस्थित बाराही घाटमा नेपाल ट्रस्टको नाममा रहेको चौरमा कोटिहोम महायज्ञ गर्ने आयोजकको तयारी छ । उनीहरूले आगामी वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म ४५ दिने कोटिहोम महायज्ञ गर्छौ भन्दै हिँडेका छन् ।

लेकसाइडमा गर्ने महायज्ञका लागि समिता बनाउने भन्दै पोखराका सार्वजनिक चौपारीका वरपिपल काटिएपछि तातेका पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले लेकसाइइमा सो महायज्ञ गर्न नदिने घोषणा नै गरेका छन् । 

लेकसाइडमा कोटिहोम गर्न नदिन पोखरा महानगर पालिकाको बोर्ड बैठकले सर्वसम्मत निर्णय गरेको छ ।

प्रहरी प्रशासनले पनि महानगरले स्वीकृति नदिएसम्म महानगरभित्र कुनै कार्यक्रम हुन नसक्ने बताएको छ ।

पोखरा महानगरपालिकाले पर्यटकीय केन्द्र लेकसाइडमा गर्न लागिएको सो कोटिहोम रोक्न उच्च अदालत पोखरामा फागुन १२ गते भ्याकेट निवेदन दर्ता गराएको थियो । 

गएको फागुन १ गते उच्चले दिएको अन्तरिम आदेश बेरितको भएको दाबीसहित महानगरको रिटमा उच्चले अन्तरिम आदेश दिन नपर्ने ठहरसहित सबै रिटलाई अग्राधिकार दिने आदेश गरेको थियो ।

महायज्ञको आयोजक नेपाल सेवा फाउण्डेसन नेपालले गर्न लागेको कोटिहोम महायज्ञ स्थल फेवातालको ६५ मिटरको मापदण्डमा पर्छ । केही दिनभित्रै तालको सीमांकन गर्न सुरु गर्नुपर्ने र महानगरले कोटिहोम गर्न अनुमति नदिएकाले त्यसलाई रोकिएको नगर प्रमुख धनराज आचार्यले बताए । 

मानव सेवा फाउन्डेसनले लेकसाइडमा वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म ‘श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ’ गर्ने जनाएको छ । यसअघि फाउन्डेसनले पोखराका चौतारीहरू जथाभाबी काटेपछि महानगरले ती काठ जफत गरेको थियो । महानगरले ३० ट्रकभन्दा बढी दाउरा जफत गरेको थियो । 

नेपाल ट्रष्टसँग फाउन्डेसनले फागुन देखि जेठसम्मका लागि विराट ज्ञान महायज्ञ तथा कोटिहोमका लागि बाराहीघाट छेउको जग्गा भाडामा लिएको छ । फाउन्डेसनले सो स्थानका लागि ११ लाख ५० हजार रुपैयाँ भाडा बुझाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ३ : ५६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित