कोटाको मल अभाव भएपछि निजी कम्पनीको मल वितरण « Khabarhub

कोटाको मल अभाव भएपछि निजी कम्पनीको मल वितरण


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेमा कोटामा पाउने रासायनिक मलको अभाव भएपछि स्थानीय तहले निजी कम्पनीले उत्पादन गरेको रासायनिक मल ल्याएर बिक्री तथा वितरण गर्न थालेका छन् ।  

माटो तथा मल परीक्षण प्रयोगशालाले जाँच गरेर बजारमा ल्याएको मिश्रित रहेको रासायनिक मल गाउँपालिकाका विभिन्न १५ सहकारीमार्फत किसानले प्राप्त गरेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्मरबहादुर विकले जानकारी दिए । 

उनले अनुदानमा आएको कोटाको रासायनिक मलको अभावमा किसानलाई मोरङबाट उत्पादन भएको सुन्दर मल वितरण गरिएको बताए। ‘यसलाई किसानले रुचाउनुभएको छ, त्यसैले यसको माग बढेको छ’, उनले भने। 

अध्यक्ष विकले अहिलेसम्म एक हजार ५०० बोरा रासायनिक मल वितरण भएको जानकारी दिँदै सो मलको अझै माग भइरहेको बताए। चौध हजार घरधुरी रहेको उक्त गाउँपालिकामा अनुदानको मल ९०० बोरा मात्रै पाएपछि विकल्पका रुपमा सो रासायनिक मलको बिक्री वितरण भएको अध्यक्ष विकको भनाइ छ । उहाँले सो मल अनुदानको मलको तुलनामा महँगो भएको समेत उल्लेख गरे। 

नेपालगञ्जमा पनि सो मल बिक्री वितरणका लागि जिल्ला सहकारी सङ्घ, बाँकेको कार्यालयमा राखिएको छ । रासायनिक मल प्राप्त गर्नका लागि त्यहाँ स्थानीय किसानको भीड लागेको छ । ‘अनुदानको मल नपाएपछि बाध्य भएर यो रासायनिक मल ल्याएका छौँ’, जिल्ला सहकारी सङ्घ, बाँकेका प्रबन्ध सञ्चालक नवराज उपाध्यायले भने। 

उनले अनुदानमा आउने रासायनिक मलभन्दा निजी कम्पनीले उत्पादन गरेको मल महँगो भएको उल्लेख गर्दै रासायनिक मलमा नाइट्रोजन, फस्फोरस र पोटास मिसाइएको बताए। सहकारी सङ्घमा ५०० बोरा मल आएकामा १५० बोरा आज मात्र वितरण भएको जानकारी दिँदै प्रबन्ध सञ्चालक उपाध्यायले नेपालगञ्जबाहेक, जानकी र डुडुवा गाउँपालिकाबाट समेत मल लिन किसान आएको बताए। सो रासायनिक मल दुई हजार ५०० प्रतिबोरा पर्छ । 

कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जले युरिया मल कोटाअनुसार वितरण भएको जनाएको छ । कृषि सामग्री कम्पनी, लि. नेपालगञ्जका प्रमुख पुष्पराज श्रेष्ठले मागअनुसार मल नआउँदा किसानका माग सम्बोधन नभएको उल्लेख गर्दै खरिद गर्ने बेलामा नै बढी बजेट विनियोजन भए त्यसबाट आपूर्ति सहज हुने बताए।  बाँकेमा मलको अभाव भएपछि थप युरिया मल पठाउनका लागि पहल भइरहेको प्रमुख श्रेष्ठले बताए। 
 

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ३ : ३४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित