सरकारले खेलकुद विश्वविद्यालय यथाशीघ्र स्थापना गर्नुपर्छ : नैनसिंह महर « Khabarhub

सरकारले खेलकुद विश्वविद्यालय यथाशीघ्र स्थापना गर्नुपर्छ : नैनसिंह महर


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालमा खेलकुद विश्वविद्यालय स्थापना अति आवश्यक रहेको बताएका छन् । 

पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको क्रिकेट टीमले आयोजना गरेको डब्लूआरसी प्रियम लिगको उद्घाटन सत्रलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै महरले उक्त कुरा बताएका हुन् ।  

‘खेलाडी, खेल प्रशिक्षक, कोचलगायतका दक्ष जनशक्ति उत्पादन गर्न सरकारले खेलकुद विश्वविद्यालय यथाशीघ्र स्थापना गर्नुपर्छ। सरकारले अध्ययन कार्यदल त गठन गरेको छ। त्यसले मात्र पुग्दैन,’ उनले भने। आफूले नेपाल विद्यार्थी संघ (नेविसंघ) अध्यक्ष हुँदादेखि नै उक्त माग उठाइरहेको महरको धारणा छ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको सफलताले नेपाललाई क्रिकेटको स्वर्णिम युगमा धकेलेको उनले बताए। नेपालमा पर्याप्त पूर्वाधार र बजेट अभावमा पनि एनपीएल जस्तो लिग सफलतापूर्वक सम्पन्न हुनु ठूलो कुरा भएको उनको भनाइ छ ।

‘यस्ता लिग केन्द्रमा मात्र नभएर देशका कुना कन्दरामा पनि आयोजना गरिनुपर्छ। लिगबाट उत्पादित जनशक्तिले नेपाली राष्ट्रिय टिम र देशलाई नै योगदान पुग्छ। देशलाई विश्वसामु चिनाउने उपयुक्त माध्यम पनि खेल क्षेत्र हो। त्यसैले खेलका लागि आवश्यक पूर्वाधार निर्माण र बजेट विनियोजनमा सरकार उदार हुनुपर्छ,’ उनले भने।

रंगशाला निर्माणका लागि सरकारलाई आवश्यक योजनाका साथ काम गर्न उनको सुझाव छ। 

‘बजेटको अभावमा मुलुकको खेलकुद क्षेत्रको विकास हुन सकेको छैन। शिक्षा, स्वास्थ्य र खेलकुदमा सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्छ। प्रतिभाशाली खेलाडीलाई प्राथमिकता दिएर अघि बढे मुलुकले खेलकुदक्षेत्रमा फड्को मार्न सक्छ,’ उनले भने।

खेलकुद क्षेत्र मानिसको फिजिकल मात्र नभइ देशको अर्थतन्त्रको मेरुदण्डसमेत भएको उनले बताए । 

खेलले मानिसलाई अनुशासित बनाउने महरको धारणा छ। ‘राजनीतिमा पनि निष्पक्षताको ग्यारेन्टि हुनुपर्छ। त्यो शिक्षा खेलबाट लिन सकिन्छ। खेल मानिसलाई अनुशासित बनाउने विशाल क्षेत्र हो,’ उनले भने। 

पोखरा पर्यटकीय राजधानी भएको र यहाँ खेल आयोजना हुँदा देश, विदेशमा यसको महत्त्व थप बढेर जाने महरले बताए।

यसका साथै महरले इन्जिनियरिङ क्षेत्रका विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरका क्रिकेट लिग अवलोकनका लागि पठाउनुपर्ने बताएका छन्।

‘खेलको गुणस्तर सुधार्न प्रविधिको भूमिका महत्त्वपूर्ण हुन्छ। यसमा नेपाली इन्जिनियरले ठूलो योगदान दिन सक्छन्। क्रिकेटरको प्रदर्शन सुधार गर्न डेटा प्रविधिको प्रयोग गर्न सकिन्छ। खेलाडीको रन, स्ट्राइक र बलिङको गति जस्ता तथ्यांकलाई विश्लेषण गरेर उनीहरूको क्षमता वृद्धि गर्न सकिन्छ,’ उनले भने। 

एआइको प्रयोग गरेर खेलाडीको कमजोरी पहिचान गरी सुधार गर्न प्रशिक्षण प्रदान गर्न सकिने र त्यो कुरा इन्जिनियरिङ क्षेत्रका विद्यार्थीबाट सम्भव भएको उनको भनाइ छ। क्रिकेट व्यवस्थापन प्रणालीलाई सुरक्षित राख्न नेपाली इन्जिनियरले साइबर सुरक्षा समाधान विकास गर्न सक्ने महरले औँल्याए।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ३ : ५७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित