खरबुजाको बियाँ अबदेखी नफाल्नुहोस्, यस्ता छन् फाइदा


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गर्मीमा खरबुजा खान सबैलाई मन पर्छ । जुसले भरिएको यो फलले शरीरलाई चिसो मात्र नभई पानीको कमी पनि मेटाउँछ । तर अक्सर हामी यो ठूलो गल्ती गर्छौं कि खरबुजाखाँदा यसको कालो बियाँ बेकार मानेर फालिदिन्छौं ।

जबकी अध्ययनहरूका अनुसार यी साना बीउहरूमा ठूला फाइदा लुकेका छन् । यी स्वास्थ्यका लागि रामवाण औषधी हुन् । यसबाट धेरै समस्याहरू समाधान गर्न सकिन्छ । आउनुहोस्, यी खरबुजाको बीउहरू कसरी प्रयोग गर्ने र कुन कुन रोगहरूमा तिनीहरू प्रभावकारी साबित हुन सक्छन्, जानौँ ।

पेट र पाचन सफा गर्न

खरबुजाको बियाँमा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । यदि कब्जियतको समस्या छ भने यी दानाको सेवनले पेट सफा राख्न फाइदाजनक हुन्छ । खरबुजाको सुकेको बियाँलाई पिसेर त्यसको धूलो बनाएर बिहान खाली पेटमा मनतातो पानीसँग खानुहोस् । यसबाट धेरै फाइदा हुन सक्छ ।

मधुमेह नियन्त्रण

खरबुजाको बियाँमा पाइने म्याग्नेसियमले रगतमा चिनीको मात्रा सन्तुलनमा राख्छ । अनुसन्धानका अनुसार यी बीउहरूले इन्सुलिन संवेदनशीलता बढाउँछ र चिनीलाई नियन्त्रणमा राख्छ। तपाईँ खरबुजाको बीउबाट चिया बनाउन सक्नुहुन्छ । जस्तो कि २ कप पानीमा १ चम्चा दाना उमालेर छानेर दिनमा एक पटक पिउनाले फाइदा हुन्छ ।

स्वास्थ्य मुटु

यी बीउहरूमा पाइने स्वस्थ बोसो, जस्तै ओमेगा–६ फ्याटी एसिड र म्याग्नेसियमले मुटुलाई स्वस्थ राख्छ । तिनीहरूले कोलेस्ट्रोललाई नियन्त्रणमा राख्छ र हृदयघातको जोखिम कम गर्छ ।

छाला र कपालको लागि वरदान

खरबुजाको बियाँमा जिंक, प्रोटीन र आइरन पाइन्छ, जसले कपाललाई बलियो र छालालाई चम्किलो बनाउँछ । यी बीउहरूले छालालाई फ्रि रेडिकलहरूबाट जोगाएर बुढ्यौलीलाई पनि कम गर्छ । यी बीउको तेल पनि बजारमा पाइन्छ । तपाईले यसलाई अनुहारको तेल वा कपालको तेलको रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।

रोग प्रतिरोधात्मक क्षमता 

खरबुजाको बीउमा आइरन, म्याग्नेसियम र फस्फोरसजस्ता शक्तिशाली पोषक तत्त्व पाइन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसको नियमित सेवनले भाइरल इन्फेक्सनबाट पनि बचाउँछ । त्यसका लागि पहिला खरबुजाको बीउहरू धुनुहोस्, तिनीहरूलाई सुकाउनुहोस् र पछि भुटेर खानुहोस् । यसले शरीरबाट रोगहरू टाढा राख्छ । 

यसबाहेक, यसलाई स्मूदी वा सलादमा टपिङको रूपमा हालेर वा यी दानाको पाउडर बनाएर पानी वा दूधमा मिसाएर पिउन सक्नुहुन्छ । एजेन्सीबाट साभार

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १ : ०२ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र