रास्वपाको प्रश्न : पक्राउ पूर्जी नबोकी हतारहतार सभापतिको बेडरुममा किन पुग्यो प्रहरी ? « Khabarhub

रास्वपाको प्रश्न : पक्राउ पूर्जी नबोकी हतारहतार सभापतिको बेडरुममा किन पुग्यो प्रहरी ?


२२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासको फैसला लगत्तै रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी उनको निवास पुग्यो। तर, निवासमा पुगेको प्रहरीसँग पक्राउ पूर्जी थिएन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफै गिरफ्तारी दिन्छु भन्दै पक्राउ पूर्जी माग्दा प्रहरीले हतारहतार गरेर त्यही पक्राउ पूर्जी बनाउन थालेको थियो। यो प्रक्रियाप्रति रास्वपा सचिवालय बैठकले गम्भीर आपत्ति जनाएको छ। प्रहरीको गतिविधि विधिको शासनमा क्षम्य हुन नसक्ने ठहर रास्वपाले गरेको छ। उसले नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैर–संवेदनशील र गैरकानुनी कुराको चर्को शब्दमा भत्सर्नासमेत गरेको छ।

मध्यरातमा भर्चुअल माध्यममा बसेको रास्वपाको सचिवालय बैठकको निर्णयमा भनिएको छ, ‘पक्राउ पूर्जी नलिएरै पक्राउ गर्न आउने कुरा मात्र होइन, सभापतिज्यूको घरमा – त्यो पनि बेडरुमभित्र बसेर – जुन किसिमले पूर्जी लेख्ने अनौठो अभ्यास प्रहरीले गर्‍यो, विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन। नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैर–संवेदनशील र गैरकानुनी कुराको भत्सर्ना गर्ने।’’

बुटबलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा उच्च अदालतले शुक्रबार गरेको फैसला लगत्तै प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानीलकण्ठस्थित निवासमा पुगेर त्यही बसेर कानुनी कागज बनाएर पक्राउ गरेको हो। प्रहरीले शनिबार अर्थात् आज लामिछानेलाई विमानमार्फत् भैरहवा पठाउने तयारी गरिरहेको छ।

शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले लामिछानेलाई पक्राउ गर्न आदेश गरेका हुन्।

यसअघि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा छाड्ने आदेश दिएको थियो। शुक्रबारको उच्चको आदेशले जिल्लाको आदेश बदर गरेको हो। प्रहरीले लामिछानेलाई चैत २४ गते आइतबार अदालतमा उपस्थित गराउने तयारी गरेको छ।

यसअघि लामिछाने जिल्ला अदालत कास्कीमा ६५ लाख धरौटी बुझाएर ८४ दिन हिरासत बसेर रिहा भएका थिए। सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला अदालत, कास्कीले उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएसँगै ८४ दिनमा रिहा भएका थिए।

शुक्रबारको उच्च अदालतको आदेशपछि उनी फेरि हिरासत पुगेका हुन्। हिरासत मुक्त भएको ८५ दिन र पार्टी कार्यालय प्रवेश गरेको ६ दिनपछि उनी शुक्रबार रातिबाट फेरि प्रहरीको कष्टडीमा पुगेका हुन्।

पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी रकम हिनामिनाको आरोपमा पहिलो पटक २०८१ कात्तिक २ गते काठमाडौंँबाट पक्राउ परेका थिए।

यो पनि

रवि लामिछाने पक्राउ

घण्टी बजाउँदै पार्टी काममा फर्किएको ६ दिनमै रवि जेलतिर

रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याललाई, चितवनको सभा नरोक्ने

प्रकाशित मिति : २२ चैत्र २०८१, शनिबार  ७ : ५० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित