फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्न आइएसपीलाई प्राधिकरणको पत्र « Khabarhub

फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्न आइएसपीलाई प्राधिकरणको पत्र


१९ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सूचीकरण नभएका सामाजिक सञ्जाललाई देशभित्र निष्क्रिय गराउने सरकारको निर्णय कार्यान्वयमा अघि बढेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाल बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी)हरूलाई निर्देशन दिएको हो ।

मन्त्रालयको निर्देशनअनुसार ती २६ वटा सामाजिक सञ्जाल बन्द गर्न आइएसपीहरूलाई बिहीबार नै निर्देशन दिइसकेको प्राधिकरणका कार्यकारी निर्देशक मीनप्रसाद अर्यालले खबरहबलाई बताएका छन् ।

मन्त्रिपरिषद्को गत भदौ ९ गतेको बैठकले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम सात दिनभित्र दर्ता वा सूचीकरण गर्न निर्देशन दिएको थियो।

मन्त्रालयले भदौ १२ गते सार्वजनिक सूचना जारी गर्दै सामाजिक सञ्जाल कम्पनीहरूलाई सम्पर्क गर्न आह्वान गरेको थियो।

तर तोकिएको समयसीमाभित्र सम्पर्क नगरेका प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण भए लगत्तै पुनःसक्रिय गराउन मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो।

मन्त्रालयका अनुसार अनिच्छित सामग्रीको मूल्याङ्कन र अनुगमन सुनिश्चित गर्न सूचीकरण अनिवार्य गरिएको हो।

सरकारको निर्णयसँगै नेपालभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाल कम्पनीहरू तत्काल सम्पर्कमा आएर सूचीकरण प्रक्रिया पूरा गर्नुपर्ने भएको छ।

नेपालमा भाइबर, टिकटक, विटक र निम्बजजस्ता सामाजिक सञ्जाल सूचीकरण भएका छन् । टेलिग्राम र ग्लोबल डायरी सूचीकरण प्रक्रियामा छन् ।

उता धेरै प्रयोगकर्ता व्यस्त रहने फेसबुक, ट्वीटर (एक्स) र वाट्सएपलगायतका सामाजिक सञ्जाल सूचीकरण प्रक्रियामा आएका छैनन् ।

बन्द गर्न लागिएका सामाजिक सञ्जाल

  1. फेसबुक
  2. फेसबुक मेसेन्जर
  3. इन्स्टाग्राम
  4. युट्युब
  5. व्हाट्सएप
  6. ट्विटर (एक्स)
  7. लिंक्डइन
  8. स्न्यापच्याट
  9. रेडिट
  10. डिस्कोर्ड
  11. पिन्टेरेस्ट
  12. सिग्नल
  13. थ्रेड्स
  14. वीच्याट
  15. कोरा
  16. टम्बलर
  17. क्लबहाउस
  18. मास्टोडन
  19. रम्बल
  20. मीवी
  21. भीके
  22. लाइन
  23. इमो
  24. जालो
  25. सोल
  26. हाम्रो पात्रो

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ५ : ३८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित