बुद्धका कारण नेपाल विश्वभर चिनिएको छ : मन्त्री पाण्डे « Khabarhub

बुद्धका कारण नेपाल विश्वभर चिनिएको छ : मन्त्री पाण्डे


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध जन्मिएका कारण पनि नेपाल विश्वमा चिनिएको बताएका छन् ।

गुरु पद्मसम्भवको जन्म दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले बुद्ध जन्मस्थल भएका नेपालप्रति आत्मीयता राख्ने राष्ट्रहरूको सङ्ख्या बढिरहेको उल्लेख गरे। 

मन्त्री पाण्डेले भने, ‘हामी बुद्ध र वेदको धरोहर बोकेको देशका नागरिक हौँ, यो पहिचानलाई थप सशक्त रूपमा विश्वसामु प्रस्तुत गर्नुपर्छ ।’
 
उनले गुरु पद्मसम्भवले हिमाली बौद्ध परम्परालाई अघि बढाउनुका साथै बौद्ध दर्शनको प्रचार–प्रसारमा समेत ऐतिहासिक योगदान गरेको बताए। उनको योगदान विश्वभर फैलिएको बुद्ध दर्शनको एउटा महत्त्वपूर्ण आधार भएको पनि मन्त्री पाण्डेको भनाइ थियो । 

‘पहिलोपटक गुरु पद्मसम्भवको जन्म दिवसलाई औपचारिक रूपमा कार्यक्रम गरी मनाउनु ऐतिहासिक कदम हो । यस्ता सांस्कृतिक र धार्मिक कार्यक्रमलाई आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी बनाउन सहयोग हुनेछ’, उनले भने । 

मन्त्री पाण्डेले बुद्धको शिक्षालाई संसारले अझै पनि ग्रहण गरिरहेको चर्चा गरे । 

‘भौतिक सम्पन्नताले एक हदसम्म मात्र सन्तुष्टि दिन सक्छ, तर अन्तरमनको शान्ति बुद्धमार्गबाट मात्र सम्भव हुन्छ । त्यसैले बुद्ध शिक्षा झनै सान्दर्भिक बन्दै गएको छ’, उनको भनाइ थियो । 

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ६ : ०४ बजे

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं– स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको