नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्य : विज्ञहरू « Khabarhub

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्य : विज्ञहरू


१९ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकको हवाई क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो तुल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई सेवालाई सेवाप्रदायक र नियामक निकायका रुपमा विभाजन गरिनुपर्ने यस क्षेत्रका विज्ञहरूले औंल्याएका छन् । 

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा आज भएको बैठकमा क्यानका पूर्वमहानिर्देशक सञ्जीव गौतमले हवाई सेवालाई सुरक्षित र व्यवस्थित तुल्याउन विद्यमान क्यानको संरचनालाई परिवर्तन जरुरी रहेको उल्लेख गरे । 

गौतमले भने, ‘क्यानको संरचनागत सुधारको विषय लामो समयदेखि उठिरहेको र पटक-पटक सरकारको नीति तथा कार्यक्रममा पनि समेटिएको थियो । अहिले यो करिब अन्तिम चरणमा पुगेको छ । विभाजन मात्रै ठूलो कुरा होइन एउटै छातामुनि भएपनि ‘फङ्सनल सेपेरेसन’ स्पष्ट हुनुपर्छ ।’

पूर्वमहानिर्देशक गौतमले हालको संरचनामा क्यानले सेवा प्रदायकमा बढी फोकस भएको तर नियनमको पाटोलाई कम महत्व दिएकाले हवाई सुरक्षा प्रभावकारी हुन नसकेको उनको भनाइ थियो । उनले नयाँ संरचनामा विज्ञसमूह बनाउदा भरसक मन्त्रालयका सहसचिव भन्दा विज्ञहरुलाई नै प्राथमिकता दिएको खण्डमा प्रभावकारी हुने बताए ।

हवाई विज्ञ डा दीपक बास्कोटाले हवाई सुरक्षा प्रणालीलाई बलियो बनाउन सेवाप्रदायक र नियामक निकायको रुपमा स्थापित गरिनुपर्नेमा जोड दिए ।

‘क्यान आइसोलेशनमा बस्न सक्दैन । संरचनागत सुधार अपरिहार्य देखिन्छ, त्यसका लागि विधेयकलाई समृद्ध बनाएर लैजानुपर्छ’, उनले भने।

डा. बास्कोटाले क्यानलाई छुट्टाछुट्टै निकायका रुपमा स्थापित गरेको खण्डमा युरोपेली सङ्घ ९इयू०को ‘सेफ्टी सूची’ बाट हट्नेमा विश्वास व्यक्त गरे । इयूले नेपालको हवाई क्षेत्रलाई सन् २०१३ देखी सेफ्टी सूचीमा राखेको छ ।

विधेयकमा सुझाव दिँदै विज्ञ बाँस्कोटाले नेपाल हवाई सेवा प्राधिकरण र एयरपोर्ट अथोरिटी अफ नेपाल राख्दा उपयुक्त हुने धारणा राखे। साथै उनले नेपाल हवाई सेवा प्राधिकरणअन्तगर्तको समितिमा कर्मचारीभन्दा पनि विज्ञहरूलाई राख्न सुझाव दिए ।

समितिले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विज्ञहरूसँग छलफल गरी राय सुझाव लिएको हो । 

विस २०८१ माघ १९ गते प्रतिनिधिसभामा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ दर्ता भएको थियो । प्रतिनिधिसभामा दफावार भई विस २०८२ जेठ ४ गते विषयगत समितिमा दफावार छलफलका लागि पठाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उक्त विधेयक अगाडि बढाएका हुन् ।

समितिका सदस्यहरुले हवाई सुरक्षालाई बलियो बनाउन के कस्ता उपायहरु अबलम्बन गर्न सकिन्छ भनेर विज्ञहरुसँगा जिज्ञाशा राखेका थिए । विज्ञहरूले विधेयकका प्राब्धान र समेट्नुपर्ने विषयमा समितिलाई प्रस्तुतिकरण दिएका थिए ।

समितिका सभापति राजकिशोर यादवले मुलुकको हवाई सेवालाई व्यवस्थित र सुरक्षित बनाउन के कस्ता उपायहरु अपनाउन सकिन्छ र प्रतावित दुवै विधेयकमा समेट्नुपर्ने विषयबारे विज्ञहरुबाट रायसुझाव लिइएको बताए। 

उनले विज्ञ एवं सरोकारवालासँग छलफल सकेर चाँडै दफावार छलफलका साथ अघि बढाइने विश्वास व्यक्त गरे । समितिका सदस्यहरुले विधेयक चाडो टुङ्ग्याउनुपर्नेमा एकमत देखिएका थिए ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ५ : ३१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित