चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण « Khabarhub

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण


१९ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– यहाँ उत्पादित महमा पौष्टिक तत्त्व भरिपूर्ण रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा गरिएको परीक्षणमा यहाँ उत्पादित महमा पौष्टिक तत्त्व भरिपूर्ण भएको पाइएको हो ।
 
मौरी विकास केन्द्र भण्डाराका प्रमुख सुजन अमगाइँका अनुसार नेपाल सरकारले बनाएको मापदण्डअनुसार चितवनमा उत्पादित महको गुणस्तर राम्रो भएको र पौष्टिक तत्वले भरिपूर्ण रहेको पाइएको हो । मौरीपालन विकास केन्द्र भण्डारा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको गुणस्तर परीक्षणका लागि ११ वटा फार्मबाट नमूना संकलन गरि पठाएको थियो । परीक्षणका क्रममा सबै नमूना गुणस्तरयुक्त पाइएको हो ।
 
उनले भने, ‘चितवनका ११ वटा फार्मबाट रुदिलो, तोरी, चिउरी, फापर र जङ्गली स्रोतको मह परीक्षणका लागि नमूना पठाइएका थियौँ, सबैमा हाइड्रोअक्सिमिथाइल फुरफुरल राम्रो पाइएको छ ।’

यो परीक्षणपछि यहाँ उत्पादित महको प्रयोग ढुक्कका साथ गर्न सकिने उनले बताए। उनका अनुसार महमा पानीको आद्रता, फुक्टोज गुलकोज अनुपात, रिड्युसिङ सुगर, हाइड्रोअक्सिमिथाइल फरफुरल, खरानी, फर्मिक एसिड, पानीमा अघुलनशील पदार्थ, शुक्रोजको मात्रा परीक्षण गरिएको थियो । 

उनले भने, ‘परीक्षणको क्रममा हाइड्रोअक्सिमिथाइल फरफुरलको मात्र प्रतिकिलो १० देखि १५ एमजीसम्म रहेको पाइएको छ, प्रतिकिलो महमा ४० एमजीभन्दा माथि भएमा राम्रो मानिँदैन ।’ 

प्रति किलो महमा ४० एमजीभन्दा माथि भएको महलाई प्रशोधन गरिएको तथा चर्को ताप दिइएको मानिन्छ ।
 
कतिपय उपभोक्तामा महको गुणस्तरीयताको विषयमा प्रश्न उठाउँदै भ्रम फैलाउन थालेपछी महको परीक्षण गरिएको अमगाइँले बताए । परीक्षणका लागि कालिका नगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकाका मौरीपालक किसानले उत्पादन गरेको महको नमूना पठाइएको थियो । 

नेपालमा मेलीफेरा मौरी एक लाख ३० हजार, सेरना मौरी एक लाख १७ हजार गरी दुई लाख ४७ हजार गोला मौरी छन् । चितवनमा मात्र १६ हजार ५०० मौरीका गोला रहेका छन् । नेपालमा वार्षिक चार हजार मेट्रिकटन मह उत्पादन हुँदै आएको छ । त्यसमध्ये चितवनमा ४३० मेट्रिक टन उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  १२ : ३९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित