पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी « Khabarhub

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ ।

भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका अधिकारीहरूले ‘चयन गरिएका’ तीर्थयात्री समूहलाई सिख धर्मका संस्थापक गुरु नानकदेवको जन्मजयन्तीको १० दिने चाडमा सहभागी हुन अनुमति दिएको उल्लेख गरेका छन् ।

यसअघि मे महिनामा दुवै राष्ट्रबीच भएको घातक झडपले सम्बन्ध अत्यन्त तनावपूर्ण बनेको थियो । सन् १९९९ पछि सबैभन्दा गम्भीर मानिएको उक्त द्वन्द्वमा मिसाइल, ड्रोन र तोपको आदानप्रदान भएको थियो, जसमा ७० जनाभन्दा बढीले ज्यान गुमाएका थिए । त्यसपछि सामान्य सवारी–साधनका लागि खुला रहने भूमि नाकाहरू बन्द गरिएका थिए ।

नयाँदिल्लीस्थित पाकिस्तानी उच्च आयोगले भारतबाट आएका सिख तीर्थयात्रीहरूलाई दुई हजार एक सयभन्दा बढी भिसा जारी गरिएको जनाएको छ । ती तीर्थयात्रीहरू पाकिस्तानको ननकाना साहिब सहरमा हुने गुरु नानकको जन्मोत्सवमा सहभागी हुने अपेक्षा गरिएको छ । 

ननकाना साहिब भारत–पाकिस्तान सीमाबाट करिब ८५ किलोमिटर पश्चिममा अवस्थित छ, जहाँ प्रत्येक वर्ष दशौँ हजार श्रद्धालु भेला हुने गर्छन् । यस वर्षको उत्सव मंगलबारदेखि आरम्भ हुने बताइएको छ ।

सन् १९४७ मा ब्रिटिश शासनको अन्त्यसँगै भारत र पाकिस्तानको विभाजन हुँदा बनाइएको यो सीमा आजसम्म पनि दुई देशबीच संवेदनशील विन्दु रहँदै आएको छ । अटारी–वाघा नाकाको यो सीमा दुवै देशका पञ्जाब राज्यहरूमा फैलिएको छ । यहाँ दैनिक झण्डा अवतरण समारोहमा हजारौँ दर्शक दुवैतर्फबाट सहभागी हुन्छन् ।

भारतले इस्लामाबादमाथि अप्रिल २२ मा भारत–प्रशासित कश्मीरमा भएका पर्यटकमाथिका आक्रमणहरूमा समर्थन गरेको आरोप लगाएको थियो । उक्त आरोपलाई पाकिस्तानले अस्वीकार गरेको थियो । यही आरोप–प्रत्यारोपकै बीच मे महिनामा द्वन्द्व सुरु भएको र त्यसपछि सम्बन्ध झन् चिसिएको थियो ।

यद्यपि, हाल पाकिस्तानले जारी गरेको यो भिसा निर्णयले धार्मिक तथा सांस्कृतिक सम्पर्क पुनःस्थापनाको दिशामा सकारात्मक सङ्केत दिएको भारतीय विश्लेषकहरूले टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  १ : ५४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित