विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा १७ जना घाइते « Khabarhub

विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा १७ जना घाइते


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर नगरपालिका–९ स्थित खुट्टिडाँगीमा विद्यार्थी बोकेको स्कुल भ्यान आज सडकबाट अनियन्त्रित भई पल्टिँदा चालकसहित १७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार मे१ज ३१०७ नम्बरको पारिजात पब्लिक स्कुलको विद्यार्थीवाहक भ्यान आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । 

दुर्घटना भएको भ्यान सानो भए पनि त्यसमा भरिभराउ विद्यार्थीले यात्रा गरिरहेका थिए । भ्यानले विद्यार्थी बोकेर स्कुलतर्फ लगिरहेको बेला दुर्घटना भएको थियो । दुर्घटनापछि भ्यान सडकबाट पल्टिएर खोल्सामा पुगेको थियो ।

घाइतेहरूमा छ वर्षीया सबिस्का राई, चार वर्षीया समिरा विशुङ्खे, १० वर्षीय आदित्य राई, ११ वर्षीया सदीक्षा काफ्ले, ११ वर्षीय सोहित राजवंशी, ११ वर्षीय आयान सुब्बा, ११ वर्षीय अनुराग तामाङ, १२ वर्षीया कृष्पा राई, १२ वर्षीय संयोग विशुङ्खे, १२ वर्षीया आयानी विक, ११ वर्षीय प्रनिस राई, नौ वर्षीय समर्पण राई, छ वर्षीया सुसीता किसान, छ वर्षीय तानसोना लिम्बू र नौ वर्षीय अङ्गु मगर रहेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा शिक्षक २४ वर्षीया प्रिती शिवा र चालक ४५ वर्षीय गणेश श्रेष्ठसमेत घाइते भएका छन् । सबै घाइतेहरूलाई उपचारका लागि मेची आम्दा हस्पिटल पुर्‍याएको थियो ।

चिकित्सकको सुझावअनुसार अधिकांश घाइतेलाई थप उपचारका लागि विर्तामोडको बीएण्डसी टिचिङ हस्पिटलमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै धुलाबारी इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डव राजवंशीको नेतृत्वमा प्रहरी टोली दुर्घटना स्थलमा पुगेको थियो । दुर्घटना भएको भ्यान प्रहरीले नियन्त्रणमा राखेको छ । भ्यानको अग्रभाग कुच्चिएको छ । घाइते सबै खतरामुक्त अवस्थामा रहेको प्रहरीको भनाइ छ । रासस
 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ५ : ४९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित