यसरी बनाउनुहोस् घरमै गुलाब जल


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुलाब जल प्रायः छालाको हेरचाहमा समावेश हुन्छ। गुलाबजलले अनुहारलाई एक मात्र होइन, अन्य धेरै फाइदा पनि दिन्छ । यसले छालामा हाइड्रेशन ल्याउँछ, पीएचलाई सन्तुलनमा राख्छ, छालालाई सुखदायक प्रभाव दिन्छ र कालो घेरा कम गर्न पनि सहयोगी हुन्छ।

अक्सर मानिसहरू बजारबाट गुलाब जल किन्छन् तर यसलाई घरमा बनाउन पनि निकै सजिलो हुन्छ । कसरी गुलाबजल घरमै सजिलै बनाउन सकिन्छ भन्ने बारेमा हामी बताउने छौं ।

घरमा गुलाब जल कसरी बनाउने ?

– गुलाब जल बनाउन, तपाईंलाई २ देखि ३ कप गुलाबको फूल चाहिन्छ। यसका साथै सफा पानी यति धेरै लिनुपर्छ कि भाँडामा पानीले गुलाबको फूल छोपियोस्। अब आइस क्युबहरू पनि चाहिन्छ।

-ढक्कन भाँडोमा बन्द गर्न सकियोस् भनेर ध्यान दिनु पर्छ । एउटा सानो कचौरा र गहिरो तल्लो प्यान आवश्यक हुनेछ।

– गुलाब जल बनाउनको लागि, पहिले गुलाबको फूलहरू काट्नुहोस् र पातहरू अलग गर्नुहोस्।

– पातहरूमा कुनै पनि प्रकारको कीटनाशक नहोस् भनेर त्यसलाई राम्ररी धुनुहोस्।

– एउटा प्यानमा गुलाबको पात राख्नुहोस् र गुलाबको पातलाई पूर्ण रूपमा ढाक्न पर्याप्त पानी थप्नुहोस्।

– यस पछि कचौरालाई प्यानको बीचमा स्ट्यान्ड जस्तै राख्नुहोस्। यस कचौरामा डिस्टिल्ड पानी जम्मा गरिनेछ।

– यस पछि प्यानको ढक्कनलाई उल्टो राख्नुहोस् र त्यसमा मुछेको पीठो टाँसिएर प्यानलाई बन्द गर्नुहोस्।

– प्यानको ढक्कनमा आइस क्युबहरू राख्नु होस्।

– प्यानमा २० देखि २५ मिनेटको लागि पातहरू पकाउनुहोस्। 

– यस पछि तपाईंले देख्नु हुन्छ कि बातहरू पूर्ण रूपमा सेतो हुन्छन् र भाँडाबाट सुगन्ध आउन थाल्छ।

–  प्यानमा राखिएको कचौरा माथिसम्म गुलाब जलले भरिएपछि आगो बन्द गर्नुहोस्।

– यो तयार गुलाब जललाई चिसो गरी बोतलमा राख्नु होस्।

यो घरेलु गुलाबजललाई फ्रिजमा ८ देखि १० दिनसम्म राख्न सकिन्छ। तपाईंले आफ्नो अनुहारमा सेतो गुलाब जल लगाउनु पर्छ र प्यानमा गुलाबी पानी देखिने छ।

तपाईं यसलाई शरीर मास्क बनाउन प्रयोग गर्न सक्नुहुन्छ। तर, यो गुलाबी पानी २४ घण्टा भित्र मात्र प्रयोग गर्नुहोस्।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ८ : ०२ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र