फेकोफनको स्थापना दिवसमा मेलुङमा वृक्षारोपण  « Khabarhub

फेकोफनको स्थापना दिवसमा मेलुङमा वृक्षारोपण 


१८ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको मेलुङ गाउँपालिकामा फेकोफनको स्थापना दिवसको अवसर पारेर वृक्षारोपण गरिएको छ। सामुदायिक वन र फेकोफनको स्थापन दिवसको अवसर पारेर वृक्षारोपण गरिएको मेलुङ गाउँपालिकाकी उपाध्यक्ष गायत्री आचार्यले बताइन्।

वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष आचार्यले सामुदायिक बनको बारेमा चर्चा गर्दै सामुदायिक वन अभियान र स्थानीय सरकार मिलेर काम गर्नुपर्ने उल्लेख गरिन ।

आफू पनि वन अभियानमा संलग्न भएको प्रसङ्गको स्मरण गर्दै सामुदायिक वन अभियानले गर्दा वन संरक्षणमा उपलब्धि हासिल भएको छ अव दिगो व्यवस्थापन तर्फ ध्यान दिनुपर्ने उल्लेख गरिन् । 

वनको सदुपयोग र उद्यम विकासको अभियानमा स्थानीय सरकार सहकार्यकालागि तयार रहेको बताइन् । सामुदायिक वनहरूको प्रतिनिधिमूलक छाता संस्था फेकोफनको ३० औं स्थापना दिवसको सन्दर्भमा वृक्षारोपण सहित अन्तरक्रिया आयोजना गरिएको थियो । मेलुङ गाउँ कार्यपालिका प्राङ्गण आसपासमा विभिन्न प्रजातिको बिरुवाहरू रोपण गरिएको थियो ।

यसै क्रममा स्थानीय तह र सामुदायिक वन उपभोक्ता समूहहरूबीच समन्वय बैठक समेत गरिएको थियो ।

मेलुङ्ग गाउँपालिका सामुदायिक वनका अध्यक्षहरू, सवडिभिजन वन कार्यालय, फेकोफनका पदाधिकारीहरू, वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

मेलुङ गाउँपालिकाका उपाध्यक्ष गायत्री आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भएका थियो । सामुदायिक वन र फेकोफनले वन क्षेत्रमा पुर्‍याएको योगदानको बारेमा चर्चा गरिएको थियो ।

वन क्षेत्र बढाउने, समूह संगठित पारि सचेतिकरण गराउने, लोकतान्त्रिक अभ्यास ग्रामीण तहमा पुर्‍याउने जस्ता महत्त्वपूर्ण पक्षमा योगदान गरेको विषयमा चर्चा भएको थियो ।

तिन दशक अघिसम्म  ३९ प्रतिशत बन क्षेत्र रहेकोमा अहिले त्यसलाई वृक्षारोपण मार्फत ४६ प्रतिशत पुगेको,  २३ हजार भन्दा बढी सामुदायिक वन उपभोक्ता समूहहरूले २३ लाख हेक्टर भन्दा बढी सामुदायिक वनको रूपमा हस्तान्तरण भएको आंकडामा देखिएको छ । 

स्थानीय सरकार र सामुदायिक वनको सम्बन्धको विषयमा दोलखा फेकोफनका अध्यक्ष जगन्नाथ बस्नेतले, सामुदायिक वन मार्गदर्शनका बारेमा सवडिभिजन वन कार्यालयका प्रमुख अमित चौधरीले, सामुदायिक वनमा उद्यम विकास सम्भावना र चुनौतीका बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए । –सुबास बस्नेत/ दोलखा

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  ४ : ११ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित