पोखरा ओपन टेनिसमा आरव र सुनिरा च्याम्पियन « Khabarhub

पोखरा ओपन टेनिसमा आरव र सुनिरा च्याम्पियन


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा आयोजना गरिएको २१औँ संस्करणको ‘माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिताको उपाधि आरव सम्राट हाडा र सुनिरा थापाले जितेका छन् । 

कास्की जिल्ला टेनिस सङ्घद्वारा यही पुस ११ गतेदेखि सुरू भएको उक्त प्रतियोगिताको आज सम्पन्न फाइनलमा पुरूष एकलतर्फ आरव सम्राट हाडाले प्रनव मानन्धरलाई ६–१ र ६–१ अङ्कले पराजित गरे ।

यसअघि सोमबार सम्पन्न सेमिफाइनलमा नेपालका शीर्ष बरियताका प्रदिप खड्कालाई २–१ सेटमा पराजित गरी आरवले फाइनलमा प्रनवसँगको भेट पक्का गरेका थिए । प्रनवले भने सेमिफाइनलमा निशान श्रेष्ठलाई ६–१ र ६–१ अङ्कले  हराएका  थिए ।

यसैगरी महिलातर्फ सुनिराले सलोनीलाई ६–२ र ६–३ अङ्कले पराजित गरी उपाधि जितिन् । खुलातर्फ च्याम्पियन भएका दुबैले समान रू ८० हजार, ट्रफी र मेडल प्राप्त गरे । उपविजेताले जनही रू ४० हजारका साथमा ट्रफी प्राप्त गरे । 

यसैगरी ३५ वर्ष माथिको उमेर समूहमा एकलतर्फ जितेन्द्र परियारले प्रतिद्वन्द्वी सन्तोष खत्रीलाई ६–१ र ६–२ अङ्कले  पराजित गर्दै च्याम्पियन भए । उनले रू ६० हजार र उपविजेता सन्तोषले रू ३० हजारका साथमा ट्रफी पाए ।

प्रतियोगितामा ४५ वर्ष माथिको एकलतर्फको फाइनलमा कमल भण्डारी बिजेता बने । रोहित सुनुवारलाई ६–० र ६–२ अङ्कले पराजित गर्दै उनले रू ४० हजार तथा उपविजेता रोहितले रु २० हजारसहित ट्रफि प्राप्त गरे ।

यस्तै ५५ वर्ष माथिको फाइनल स्पर्धामा चन्द्र शाही विजयी भए । उनले जीवन घिमिरेलाई ६–२ र ६–२ अङ्कले हराए । विजेता चन्द्रले रू ३० हजार तथा उपविजेता जीवनले रू १५ हजार पुरस्कार प्राप्त गरेको प्रतियोगिताका निर्देशक कुमार अधिकारीले जानकारी दिए  ।

विजेता खेलाडीलाई प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंकका संस्थापक तथा केसी ग्रुपका निर्देशक किरण केसी, नेपाल टेनिस सङ्घका उपाध्यक्ष विनोद कायस्थ, प्रतियोगिताका संयोजक नवीन चालिसे, सङ्घका कोषाध्यक्ष विष्णुबहादुर थापा, सचिव भीष्मराज पौडेललगायतले नगद तथा ट्रफी वितरण गरे । प्रतियोगितामा एक सय ४० खेलाडी सहभागी थिए । 

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ७ : ५२ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका