एकीकृत घुम्ती शिविरबाट १७ हजार पशुको उपचार « Khabarhub

एकीकृत घुम्ती शिविरबाट १७ हजार पशुको उपचार


१५ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिकाको पशु सेवा शाखाले एकीकृत घुम्ती शिविरबाट १७ हजार बढी पशुलाई उपचार सेवा प्रदान गरेको छ । गाउँपालिकाले गत असोज ६ गतेदेखि कात्तिक १२ गतेसम्म सातवटै वडामा गरेको शिविरबाट १७ हजार एक सय ९४ पशुलाई उपचार सेवा प्रदान गरेको हो ।

शिविरबाट पशुलाई परजीवीको उपचार र नियमित रुपमा खुवाउनुपर्ने जुका, माटेको औषधि खुवाइएको पशु सेवा शाखाका पशु चिकित्सक डा विनय शाहले जानकारी दिए । शिविरमा कुकुर, बिरालोलाई रेबिज विरुद्धको खोपसमेत लगाइएको थियो भने गोबर परीक्षण, बन्ध्याकरण सेवा प्रदान गरिएको शाहले बताउनुभयो । शाहका अनुसार शिविरमा एक हजार तीन सय ३३ कृषक लाभान्वित भएका छन् ।

शिविरमा तीन सय ७७ गाइगोरु, छ सय ३३ भैँसी, पाँच हजार छ सय ८० बाख्रा, पाँच सय १८ सुङ्गुर÷बङ्गुर, नौ हजार आठ सय २६ कुखुरा, एक सय ४१ कुकुर बिरालो र १९ हाँसलाई उपचार गरिएको शाहले बताए ।

शिविरमा ५१ कुकुर र दुई बिरालोलाई रेबिज विरुद्धको खोप लगाइएको छ भने ७८ पशुको गोबर परीक्षण र एक सय २० पशुको बन्ध्याकरण गरिएको डा शाहले बताए ।

डा शाहले भने, “पशुको उपचारका लागि कृषकले गाउँपालिकाको केन्द्रसम्म धाउनुपर्ने अवस्था थियो । गाउँपालिकाले प्रत्येक वडामै पुगेर कृषकलाई सेवा दिँदा उहाँहरुलाई सहज भएको छ ।”

आठ हजारलाई सेवा

म्याग्दे गाउँपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरबाट आठ हजार जनालाई सेवा प्रदान गरिएको छ । वडास्तरमै पुगेर एकीकृत सेवा दिने उद्देश्यसहित आयोजित शिविरमा सातवटै वडाका गरी आठ हजार बढीलाई सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । गत असोज ६ गतेदेखि सुरु भएको शिविर कात्तिक १२ गते सकिएको छ ।

सेवा लिन पालिकासम्म आउनुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिकाले घरदैलोमा पुगेर सेवा दिएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । पालिकाको पहुँचभन्दा टाढा बसोबास गर्ने नागरिकलाई एकीकृत रुपमा स्वास्थ्य, कृषि, पशु, सेवा, पञ्जिकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नवीकरण, राजस्व सङ्कलनलगायत गाउँपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरु सहज तरिकाले जनतासामु पु¥याउने उद्देश्य अनुसार एकीकृत घुम्ती शिविर गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनले भने, “जनतालाई पालिकासम्म आउन नपरोस् भनेर वडास्तरमै पुगेर सेवा दियौँ । एकीकृत घुम्ती शिविर सफल भएको छ ।”

शिविरमा स्वास्थ्यतर्फ परिवार नियोजन, सुरक्षित मातृत्व सेवा, गर्भवती परीक्षण भिडियो एक्सरेसहित, क्षयरोग स्क्रिनिङ, सामान्य स्वास्थ्य परीक्षण, दन्त परीक्षण सेवा, भिया स्क्रनिङ सेवा, स्तन क्यान्सर परीक्षण सेवा प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

कृषितर्फ उन्नत जात बीउविजन वितरण, विभिन्न अनुदानका सूचनाका माग सङ्कलन, पशु सेवातर्फ बिरामी पशुपंक्षीहरुको उपचार, पशु बन्ध्याकरण सेवा, पशुजन्य औषधि वितरण, गोवर परीक्षण, कुकुर बिरालोहरुलाई रेविज विरुद्धको खोप सेवा प्रदान गरिएको छ ।

पञ्जिकरण सेवातर्फ जन्म दर्ता, बसाइसराइ, विवाह दर्ता, मृत्यृ दर्ता, सामाजिक सुरक्षालगायत विभिन्न सिफारिसहरु, उद्योगतर्फ उद्योग, व्यापार, वाणिज्य दर्ता तथा सूचीकृत सेवा उपलब्ध गराइएको अधिकारीले उल्लेख गरे ।

वडा नम्बरको १ को बाख्रे, बच्र्याङ, गुणादी, वडा नम्बर २ को गुन्जरा र पार्टीचौर, वडा नम्बर ३ को झिमिरे चोक र निर्मलबस्ती, वडा नम्बर ४ को कोलडाँडा स्वास्थ्य भवन, गणेश मावि, वडा नम्बर ५ को माथिल्लो घडेरी, छाङ पाटन, साउनेपानी, बोटेनीटार, वडा नम्बर ६ को सर्वलाङ, रत्न मावि, तिलाहार, गाउँस्वारा र अकला सामुदायिक भवन र वडा नम्बर ७ को समिधारा स्वास्थ्य केन्द्र, तिल्याटार सामुदायिक भवनमा शिविर सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ९ : ०९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित