युक्रेनको खार्किभमा रूसी हमला : दुई जनाको मृत्यु, ३४ घाइते « Khabarhub

युक्रेनको खार्किभमा रूसी हमला : दुई जनाको मृत्यु, ३४ घाइते


१५ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रेनी सहर खार्किभमा बुधबार भएको रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएको स्थानीय गभर्नरले बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार हवाई आक्रमणको माध्यमबाट रूसले प्रहार गरेको शक्तिशाली हतियार प्रमुख उत्तरपूर्वी शहर खार्किभको एक भवनमा ठोक्किएको थियो । 

गभर्नर ओलेग सिनेगोबोभले पछिल्लो आक्रमणमा एक बालक र एक वयस्कको मृत्यु भएको पुष्टि गर्दै केही मानिसरू अझै ‘भग्नावशेषमुनि फसेको हुन सक्ने’ बताए।  

खार्किभ रूसी सीमाबाट करिब ३० किलोमिटर टाढा अवस्थित छ । यो साढे दुई वर्षको युद्धमा रूसी आक्रमणले ध्वस्त भएको छ ।

यसै सन्दर्भमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बुधबार साँझ आफ्ना पश्चिमी सहयोगीहरूलाई हमलाको प्रतिक्रियामा कार्य गर्न आह्वान गरेका छन् । उनले टेलिग्राममार्फत प्रतिक्रियात्मक कार्य गर्न ढिलाइ भएमा युक्रेनविरुद्ध सयौँ रूसी हमलाले युक्रेनी जनताको जीवन संकटमा पर्ने बताए।  

जेलेन्स्कीले पश्चिमी देशहरूलाई युक्रेनलाई प्रभावकारी र राम्रो सुरक्षाका साथै लामो दूरीका हतियारहरू उपलब्ध गराउन आग्रह गरे । 

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  २ : १६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित