नेपाल कुनै देशको ‘फोटोकपी मेसिन’ होइन : प्रधानमन्त्री « Khabarhub

नेपाल कुनै देशको ‘फोटोकपी मेसिन’ होइन : प्रधानमन्त्री


१५ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कहिल्यै पनि विगतको जस्तो हिंसात्मक गतिविधि हुन नसक्ने र हुन नदिने बताए ।

क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टुु द फायर’ पुस्तकको विमोचन कार्यक्रममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले श्रीलङ्का वा बङ्गलादेशको जस्तो अवस्थाबाट सिक्न भनेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएका अभिव्यक्तिप्रति असहमति व्यक्त गर्दै नेपाल कुनै मुलुकको ‘फोटोकपी मेसिन’ नभएकाले यहाँ त्यस्तो हुन सम्भव नरहेको स्पष्ट गरेका हुन् ।

“नेपालको आफ्नै पहिचान, सभ्यता र संस्कृति छ । बंगलादेशमा जे भयो, त्यो यहाँ हुँदैन । हामीले लडेर ल्याएको लोकतन्त्र र संविधानलाई सबल बनाउन हामी लागेका छौँ । लोकतन्त्रविरुद्ध लड्नेहरुले हामीलाई तर्साउन सम्भव छैन ।’’, नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भने, “हामीलाई सिक भनेर चर्को स्वरमा बोल्नेहरुलाई म राम्ररी सिक भन्न चाहन्छुु–नेपालमा अब बेथिति, अराजकता र हिंसाको राजनीति सम्भव छैन । सम्भव हुन दिइँदैन ।’’

माओवादीको ‘अन्धधुन्ध’ हिंसात्मक गतिविधि चलेका बेला आफूले हिंसाको चर्को विरोध गरेको र राजनीतिक समाधानका लागि वार्ताको पनि पहल गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक शासन प्रणालीमा अरुको अधिकार हनन् हुने गरी हुने कुनै पनि गतिविधि वा अराजकतालाई राज्यले कानुनीरुपमा रोक्ने स्पष्ट गरे ।

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्र र देश बनाउने अभियानमा आफू छ दसकदेखि लागिरहेको स्मरण गराउँदै भने, “मैले १७ हजार मान्छे मारेको छु र डराउने ? लोकतन्त्रविरुद्ध लड्नेहरुले हामीलाई तर्साउने ?’’

उनले समाजको सुव्यवस्थाका लागि मानव जातिले राजनीति र राजनीतिक दल सृजना गरेकाले राजनीतिकप्रति घृणा फैलाउने प्रयासले समाजलाई संस्कारहिनता, अराजकता र बेथितितर्फ लगेर छिन्नभिन्न बनाउने धारणा राखे ।

“अहिलेको सरकारले कसैमाथि अन्याय र अत्याचार गर्दैन । आफ्नो हित र रक्षाका लागि केही गलत काम गर्दैन तर जनताको हित र रक्षाविरुद्ध कसैले काम गरेमा विधिको शासनबमोजिम शान्ति सुरक्षा र सम्मान कायम गर्छ ।’’, प्रधानमन्त्री ओलीले भने, “राज्यका निकायले कानुनको पालना गर्छन् । न्यायोचित कानुनलाई सबैले मान्नुुपर्छ । कानुनको विवेकसम्मत कार्यान्वयन हुुनुपर्छ । लोकतन्त्र सरकार र सबैको जीवन पद्धति हुनुुपर्छ । हामी परिपूर्ण लोकतन्त्रको पक्षमा छौँ ।’’

प्रधानमन्त्री ओलीले आफ्नो न्यायिक कमाईबाहेक अरु सम्पतिमा लोभ नगर्ने, अनैतिक काम नगर्ने, जानी जानी झुठ नबोल्ने, अरुको अहित नगर्ने, भ्रष्टाचार नगर्ने र गर्न नदिने सङ्कल्प दोहो-याउँदै देशको अर्थतन्त्र शिथिल भएका बेला अर्थतन्त्रलाई सुधार्दै गरिबीको दुुष्चक्रबाट मुलुकलाई माथि उठाउन आफूहरु लागिरहेको बताए ।

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  ८ : ३८ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका