आर्सनलले स्टर्लिङलाई लोनमा भित्र्यायो « Khabarhub

आर्सनलले स्टर्लिङलाई लोनमा भित्र्यायो


१५ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इङल्याण्डका विंगर रहीम स्टर्लिङलाई प्रिमियर लिग क्लब आर्सनलले लोनमा भित्र्याएको छ । 

खेलाडी ट्रान्सफर विन्डोको अन्तिम समयमा स्टर्लिङलाई आर्सनलले चेल्सीबाट लोनमा भित्र्याएको हो । मिडिया रिपोर्टका अनुसार स्टर्लिङका लागि आर्सनलले उनको पारिश्रमिकको आधा रकम तिर्ने सहमति पछि भित्र्याएको हो ।

चेल्सीमा उनको पारिश्रमिक करिब ४ लाख डलर प्रति साता रहेको थियो । अब आर्सनलले सो पारिश्रमिकको करिब आधा रकम चेल्सीलाई तिर्ने सहमति भएको बताइएको छ ।

लामो समय म्यानचेस्टर सिटीबाट खेलेका स्टर्लिङले सिटीका लागि ३३९ खेलमा १३१ गोल गरेका छन् भने चेल्सीमा दुई सिजनमा ८१ खेलमा १९ गोल गरेका छन् ।

इङल्याण्डका लागि ८२ खेल खेलेका स्टर्लिङले २० गोल गरेका छन् । उनी २०२२ देखि इङल्याण्डको राष्ट्रिय टिमबाट बाहिर रहेका छन् ।

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  १ : २३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित