दूधमती नदीको संरक्षण गर्न सीमांकन सुरू « Khabarhub

दूधमती नदीको संरक्षण गर्न सीमांकन सुरू


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – धनुषा र महोत्तरी जिल्ला जोड्ने दूधमती नदीको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले सीमांकनको काम सुरू गरिएको छ ।

आजदेखि विधिवत् रूपमा कार्यक्रम आयोजना गरी दूधमती नदीको उद्गमस्थल क्षीरेश्वरनाथ नगरपालिका–५ मा रहेको अरजनवाँ गाउँबाट सीमांकनको काम सुरू गरिएको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, मन्त्रालयका सचिव जक्की अहमद अन्सारी, क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख सुखदेव यादव, लक्ष्मिनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र झालगायत जनप्रतिनिधिहरूले संयुक्त रूपमा नेपालको झण्डोत्तोलन गरेर सीमांकनको शुभारम्भ गरे ।

धनुषा महोत्तरी क्षेत्रमा कूल २९ किलोमिटरको दूरीमा रहेको दूधमती नदीको सीमांकनको प्रारम्भिक चरणमा नक्साअनुसार नापजाँच गरेर क्षेत्रफल निकाल्ने र पिलर गाड्नेसहित जग्गा छुट्टाउने गरी पैनी खन्ने काम आजैदेखि सुरू गरिएको छ ।

दूधमती नदी संरक्षण तथा संवर्द्धन उच्चस्तरीय उपसमितिद्वारा सञ्चालित दूधमती नदी उक्सा तथा विकास परियोजनाअन्तर्गत अतिक्रमणमा परेका नदीको जग्गा अतिक्रमण मुक्त र पुरिसकेको नदी क्षेत्रको उत्खनन गरी नदीको सौन्दर्यीकरण गरिनेछ ।

सो अवसरमा  कांग्रेस सहमहामन्त्री यादवले दूधमती नदी पर्यटकीय क्षेत्रमा रूपमा विकास भए क्षीरेश्वर नगरपालिका मात्र नभई धनुषादेखि महोत्तरीसम्मका जनताका लागि आर्थिक विकासको ठूलो अवसर रहेको बताए । उनले दूधमती नदीको उकास र विकास भए धनुषा महोत्तरी मात्र नभई नेपाल भारत समेतका अन्य क्षेत्रका लागि यो एउटा ठूलो पर्यटकीय गणतव्यका रूपमा स्थापित हुने समेत बताए।

उच्चस्तरीय समितिका अध्यक्षसमेत रहेका मन्त्री शेषनारायण यादवले प्रदेश सरकारको अहिलसम्मकै प्रदेश सरकारको ठूलो गौरवको आयोजना रहेको यो दूधमती नदीलाई करिडोरका रूपमा स्थापना गरिने भएकाले यसमा स्थानीय जनताको आवश्यकता रहेकाले सहयोग गर्न आग्रह गरे ।

परियोजनाबारे जानकारी गराउँदै मन्त्री यादवका अनुसार करिब पाँच अर्बको बहुवर्षीय परियोजनाअन्तर्गत रहेको यस योजनाअन्तर्गत दूधमतीको बहाव क्षेत्रबाहेक दुवैतर्फ ११र११ मिटर कालोपत्र सडक, उद्गमस्थलमा मन्दिर तथा पार्कसहित पोखरीको सौन्दर्यीकरण, नदी बहाउ क्षेत्रमा पर्ने प्रत्येक गाउँरगाउँ नजिक दूधमती र सीता माताको मन्दिरसहित पार्क, प्रत्येक दुईरदुई किलोमिटरको दूरीमा ड्यामको व्यवस्था गरिनेछ ।

कार्यक्रममा स्थानीय तहका तर्फबाट क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख सुखदेव यादवले परियोजना सुरू भएपछि नगरपालिकाबाट २५ लाख र लक्ष्मिनिया गाउँपालिकाका प्रतिनिधिले रू ११ लाख सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रदेश सरकारका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले प्रारम्भिक चरणमा चालु आर्थिक वर्ष २०८१र८२ मा रू दुई करोड ५० लाख रूपैया बजेट छुटयाएको छ । आगामी वर्षदेखि डिपिआरअनुसार बढीभन्दा बढी बजेट छुट्टाउने मन्त्री यादवले बताए ।

मन्त्रालयका सचिव अन्सारीका अनुसार नापजाँचका लागि नापी शाखा धनुषाका अमिन रामकृपाल अधिकारीको नेतृत्वमा चार सदस्यीय टोली खटाइएको छ । धनुषा र महोत्तरी नापी शाखालाई नापजाँचका लागि तीन महिनाको समयावधि दिइएको छ । नापजाँच सकिएपछि उत्खननको काम अघि बढाइनेछ ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ३ : ४७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित