बगरफाँटका दुई सय पाँच परिवारलाई खानेपानी उपलब्ध « Khabarhub

बगरफाँटका दुई सय पाँच परिवारलाई खानेपानी उपलब्ध


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– वर्षौँ देखि खानेपानीको समस्या झेल्दै आएका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका गाउँमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएपछि खुसी भएका छन् ।

सउंघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहयोगमा उपभोक्ता समितिले निर्माण गरेको ‘एक घर, एक धारा’ खानेपानी आयोजनाबाट घर–घरमा खानेपानीको सुविधा पुगेपछि पानी लिनका लागि कुवा र खोलामा धाउने समस्याबाट यहाँका बासिन्दा मुक्त भएका हुन् । आयोजनाबाट गाउँका दुई सय पाँच परिवार लाभान्वित भएका छन् ।

संघीय सरकारको एक करोड ४४ लाख ७५ हजार एक सय १२ सहयोगमा गाउँमा खानेपानी आयोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष दीपक मल्लले जानकारी दिए । 

‘कोप्रे, बाङगेरा र लहरेनीको मुहानमा ‘इन्टेक’ बनाएर ल्याएको पानी ५०–५० हजार लिटर क्षमताको तीन रिजर्भ ट्यांकीमा संकलन गरी वितरण गर्न थालिएको छ’, उनले भने, ‘संरचना निर्माणको काम सकिएपछि दुई सय पाँच घरमा मिटरसहित जडान भएका धारामा पानी वितरण गरेका छौँ ।’

गाउँमा खानेपानीका लागि दिनहुँ झगडा हुने गरेको उनले स्मरण गरे । ‘एउटै धारोमा आठ÷दश घरले पाइप जोडेर घरघरमा पानी लैजान पालो कुर्नुपर्दथ्यो, अब ढुक्कसँग खानेपानी उपभोग गर्न पाइने भएको छ’, स्थानीय उपभोक्ता विजय थापाले भने । परीक्षणका क्रममा देखिएका प्राविधिक समस्या समाधान र सुधार गरेर नियमित पानी वितरण गरिएको अध्यक्ष मल्लले बताए । 

पाँच हजार दुई सय ७१ मिटर मुख्य र पाँच हजार पाँच सय ४७ मिटर वितरण पाइप लाइन निर्माण भएको छ । आयोजना निर्माणका लागि आव २०७९-८० मा ५३ लाख ११ हजार आठ सय ५२ र २०८०-८१ ९१ लाख ६३ हजार दुई सय ६० खर्च भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सब इन्जिनियर सुनिलसिंह बोहोराले बताए ।

उपभोक्ता समितिले कूल लागतको १० प्रतिशत बराबरको श्रमदान गरेका छन् । यसअघि बगरफाँटमा २१ सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने गरेको थियो । सार्वजनिक धाराबाट गाग्री, ग्यालिन र ड्रममा ओसार्ने तथा पाइप जडान गरेर घरघरमा पानी लगेर उपभोग गर्ने गरेका थिए ।

खानेपानी नियमित सञ्चालन गर्नका लागि एक कर्मचारी नियुक्त गर्ने र आयोजनाको दिगो व्यवस्थापनका लागि महसुल निर्धारण गर्ने तयारी भइरहेको बगरफाँट खानेपानी उपभोक्ता समितिका सचिव चन्द्रबहादुर घिमिरेले बताए । 

शिरानमा विशाल पहरो र पुछारमा म्याग्दी नदी रहेको बगरफाँट गाउँ म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको गाउँ हो । अरु सबै सुविधा र विकासका पूर्वाधार भएको यस गाउँमा खानेपानीको समस्याकै कारण कतिपय व्यक्ति बसाइँसराइ गरेर अन्यत्र जाने गरेका थिए । 

अब खानेपानीको सुविधा प्रत्येक घरघरमा पुगेपछि बसाइँसराइको समस्या पनि नियन्त्रण हुने स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  २ : ५१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित