राष्ट्रिय व्यवसायी महासंघ : प्रधानमन्त्री र अर्थमन्त्रीले नपत्याएपछि प्रचण्ड गुहारे « Khabarhub

राष्ट्रिय व्यवसायी महासंघ : प्रधानमन्त्री र अर्थमन्त्रीले नपत्याएपछि प्रचण्ड गुहारे


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्रिय व्यवसायी महासंघले सातौँ साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनबारे जानकारी दिन आइतबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कुमार कार्की प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलसँग भड्किए ।

महासंघको साधारणसभा आउँदो पुस २० गते राष्ट्रिय सभागृहमा हुने जानकारी दिँदै अध्यक्ष कार्कीले उद्घाटनमा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड प्रमुख अतिथि हुने बताए ।

त्यही क्रममा पत्रकारहरूले ‘तपाईहरूको कुरा त सरकारलाई सुनाउनु पर्ने होला ? प्रमुख अतिथिमा त प्रतिपक्ष बोलाउनु भएको छ ?’ भन्दै प्रश्न गरे ।

पत्रकारको प्रश्नको उत्तर दिँदै अध्यक्ष कार्की प्रधानमन्त्री र अर्थमन्त्रीसँग भड्किएका हुन् । कार्की भड्किनुको कारण थियो, प्रधानमन्त्री र अर्थमन्त्रीलाई महासंघको साधारणसभाको प्रमुख अतिथिमा निमन्त्रण अस्वीकार गर्नू ।

‘प्रधानमन्त्रीज्यूसँग फोटो मात्रै खिच्ने काम भयो’, पत्रकारमाझ कार्कीले फोटो देखाउँदै भने, ‘निकै प्रयासपछि फोटोसम्म खिच्न पाइयो, अरु केही भएन ।’

कार्कीले अधिवेशनको सबै जानकारी दिएपछि पत्रकारको प्रश्न सुन्न नभ्याई हतारमा प्रधानमन्त्री र अर्थामन्त्रीले अतिथि बन्न नमानेको बताए ।

के भएको हो ?

महासंघमा काठमाडौं उपत्यकाका विभिन्न वस्तुगत तथा क्षेत्रगतसहित १९ वटा संघ आवद्ध छन् । महासंघमा प्रायः सञ्जना व्यापार संघ, नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, कोटेश्वर व्यापार व्यवसायी संघ, भक्तपुर रेडिमेड व्यापार संघ जस्ता उपत्यकाका साना संघ आवद्ध छन् ।

नयाँ नेतृत्व चयनका लागि हुने भनिएको राष्ट्रिय भेलामा प्रमुख अतितिका रुपमा प्रधानमन्त्रीलाई बोलाउन महासंघको टोली गएको थियो । करिब १५ दिनको प्रयासपछि महासंघको टोली पुस ९ गते प्रधानन्त्री ओलीसँग भेट्न त सफल भयो, तर प्रमुख अतिथिका रुपमा आउन अस्वीकार गरिदिए ।

‘धेरै प्रयासपछि विभिन्न चरणमा प्रधामन्त्रीज्यूको सचिवालयलाई भनेर भेट्न पाएका थियौँ’, महासंघका सस्थापक अध्यक्ष नरेश कटुवाले खबरहबसँग भने, ‘तर, उहाँले कार्यव्यस्तता देखाएर आउन नसक्ने बताउनु भयो ।’

कटुवालका अनुसार उनीसहितको महासंघको टोलीले प्रधानमन्त्री ओली आउन नभ्याउने भनेपछि अर्थमन्त्रीलाई भनिदिन आग्रह गरेका थिए । महासंघको आग्रहअनुसार प्रधानमन्त्रीको सचिवालयले अर्थमन्त्री पौडेलाई भेटको समय पनि मागिदिएको थियो ।

महासंघको टोलीले अर्थमन्त्री पौडेललाई भेट्न करिब ५ घण्टा पर्खिएको थियो । तर, मन्त्रीले रेसपोन्स नै नगरी कार्यक्रममा नआउने बताइदिए ।

‘अर्थमन्त्रीसँग भेट हुँदा हामी बस्न पनि पाएनौँ’, कटुवालले खबरहबसँग भने, ‘अर्थमन्त्रीज्यूले पत्र लिनुभयो, हामीले कार्यक्रमबारे जानकारी दिन खोज्दै थियौँ ‘अँ–अँ मैले बुझेँ, आउँन भ्याउँदिन’ भन्नु भयो ।’

त्यति भएपछि महासंघको टोलीले खुमटार फोन लगायो । खुमलटाबाट प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्डको सचिवालयले पनि महासंघको टोलीलाई घरमा आउन भन्यो । त्यहीअनुसार महासंघको टोली खुुलमटार हानियो ।

खुमलटारमा प्रचण्डबाट महासंघको टोलीले समय र सद्भाव दुवै पायो । र, राष्ट्रिय अधिवेशनको प्रमुख अतितिको निम्ता पनि दियो ।

‘पूर्वप्रधानमन्त्रीज्यूसँग हामीले करिब ३ घण्टा कुराकनी गर्‍यौँ होला’, संस्थापक अध्यक्ष कटुवालले भने, ‘उहाँले हाम्रो संस्थाबारे सोध्नुभयो, स्थापनाबारे सोध्नु भयो । उहाँले प्रमुख अतिथिका रुपमा आउने बचन दिनु भयो ।’

साना व्यवसायीको प्रतिनिधित्व गर्ने संस्था भनेपछि प्रचण्ड सद्भाव राखेको उनले बताए ।

९० पदमा नयाँ कार्यसमिति

महासंघले अधिवक्ता अर्जुन अर्यालको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति बनाएको छ ।

महासंघको ९० पदका लागि पुस १५ गते उम्मेदवारी दिने समय छ । त्यसपछि दाबी–विरोध र पुस १७ गते ३ः३० बजे अन्तिम नामावली प्रकशान हुने छ ।

एउटा पदमा २ भन्दाबढीको उम्मेदवारी परेमा निर्वाचन, नभए त्यता नजाने महासंघले जनाएको छ । निर्वाचित समितिले १० जना कार्यसमिति सदस्य मनोनित गर्ने छ । निर्वातमान अध्यक्ष स्वतः पदेन कार्यसमिति सदस्य हुने व्यवस्था छ ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ६ : ५९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित