कुनै प्रभावमा नपरी जनसेवामा खटिन महानिरीक्षक अर्यालको निर्देशन « Khabarhub

कुनै प्रभावमा नपरी जनसेवामा खटिन महानिरीक्षक अर्यालको निर्देशन


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कुनै प्रभावमा नपरी जनसेवामा खटिन नवनियुक्त सशस्त्र प्रहरी निरीक्षकहरूलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी निरीक्षक १६औँ समूहको आधारभूत तालिम सम्पन्न गरेका अधिकृतको दीक्षान्त समारोहमा उनले राज्य, संगठन र आम नागरिकको आशा र अपेक्षालाई पूरा गर्ने ढङ्गबाट कार्यसम्पादन गर्न कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिए।

महानिरीक्षक अर्यालले भने, ‘विषम परिस्थितिमा मात्र नभई विपद् व्यवस्थापन, आकस्मिक खोज तथा उद्धार, हुलदङ्गा व्यवस्थापन, सीमा सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठान सुरक्षा, औद्योगिक सुरक्षा, रेलवे सुरक्षालगायत राजस्व चुहावट नियन्त्रण जस्ता संवेदनशील जिम्मेवारीमा सिङ्गो संगठन प्रभावकारी रूपमा परिचालित भइरहेको छ । यहाँहरूले यसमा थप भूमिका निर्वाह गर्नु हुनेछ ।’

त्यस अवसरमा आधारभूत तालिम सम्पन्न गरेका १६औँ समूहका ४५ अधिकृत दीक्षित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित विशेष समारोहमा तीन महिला र ४२ पुरुष प्रशिक्षार्थी दीक्षित भएका हुन् ।

आधारभूत तालिमको प्रथम प्रवचन २०८० साउन १० गतेदेखि सुरु भएको थियो । प्रतिष्ठानका कार्यकारी निर्देशक एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरीले तालिमका क्रममा सहभागीलाई तीन चरणमा विभिन्न विषयवस्तुबारे प्रशिक्षित गरिएको जानकारी दिए।

पहिलो चरणमा ‘कन्भेन्सनल ट्याक्टिस’, व्यक्तिगत बन्दोबस्ती, कवाज, शारीरिक तालिम, नक्सा अध्ययन, हतियार तालिम, ‘फिल्ड क्राफ्ट’, ‘व्याटल क्राफ्ट’, फायरिङ, प्राथमिक उपचार तथा परम्परागत युद्धकला सिकाइएको थियो । सहभागीलाई विभिन्न क्षेत्रका २१ विशेषज्ञले प्रशिक्षण दिएका थिए ।

दोस्रो चरणमा ‘अनकन्भेन्सनल ट्याक्टिस’, हुल तथा दङ्गा व्यवस्थापन, महत्वपूर्ण प्रतिष्ठान तथा विशिष्ट व्यक्ति सुरक्षा, ‘बेसिक पुलिसिङ’ सीप र साहसिक तालिम तथा तेस्रो चरणमा नेतृत्व, प्रशासन व्यवस्थापन, अपराध अनुसन्धान, ‘केस स्टडी’, पुस्तक समीक्षा, अनुसन्धान प्रस्तावना लेखनलगायत विभिन्न क्रियाकलापबारे जानकारी गराइएको कार्यकारी निर्देशक गिरीले जानकारी दिए।

तालिमका दौरान स्थानीय इलाकामा पहिलो चरणमा तीन-तीन दिन तथा दोस्रो चरणमा पाँच दिनको बाहिरी अभ्यास र तेस्रो चरणमा छ दिनको ‘हाइब्रिड एक्सरसाइज’ सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ५ : ४३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित