वीपीको उपकुलपतिमा ज्ञानेन्द्र गिरी स्वतः पुनर्बहाली « Khabarhub

वीपीको उपकुलपतिमा ज्ञानेन्द्र गिरी स्वतः पुनर्बहाली

कामु उपकुलपति प्रल्हाद कार्की बाहिरिँदै



सुनसरी- १३ महिनाअघि निलम्बनमा परेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले विषेश अदालतबाट सफाइ पाएका छन् । सफाइसँगै उनी उपकलुपतिमा स्वतः बहाली हुने भएका छन् ।

मंगलबार विषेश अदालतका न्यायाधीशद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलाशले गिरीलाई सफाइ दिएको हो । सफाइसँगै उनी आज वीपी प्रतिष्ठानमा हाजिर हुने स्रोतले बतायो ।

नेमप्लेट र पत्रमा प्राध्यापक लेखेर नपाएको ओहदा आफैं लिएको आरोपमा पदको दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ माघ ९ गते गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

भ्रष्टचार मुद्दा दर्ता भएपछि तत्काल डा. गिरी निलम्बनमा परेका थिए । उनी निलम्बनमा परेपछि केही समय शिक्षाध्यक्ष प्राडा सञ्जीव कुमार शर्माले निमित्त उपकुलपति चलाएका थिए ।

राजनीतिक खिचातानीकै वीच स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले गत असारमा वीपी प्रतिष्ठानकै कार्डियोलोजी विभागका प्रमुख प्राडा प्रल्हाद कार्कीलाई कायमुकायम उपकुलपति बनाएका थिए ।

कामु उपकुलपतिको कल्पना वीपी प्रतिष्ठानको ऐन नियमावलीले गरेको छैन । कामु उपकुलपति भएलगतै प्राडा कार्कीले डा गिरीले गरेका अधिकांस निर्णय र योजनाका फाइलहरु उल्ट्याउँदा करिव एक महिना प्रतिष्ठान ठप्प भएको थियो ।

यता, विशेष अदालतबाट सफाइ पाए पनि फैसलाको पूर्णपाठ भने तयार भइनसकेको जानकारी पत्र विहीबार डा गिरीले पाएका छन् ।

अदालतबाट सफाइ पाएपछि गिरीले खबरहबसँग भने, ‘अदालतले मलाई न्याय दिलाएको छ । मलाई एक बर्ष वनबास पठाएर कमजोर बनाउन खोजिएको थियो । तर सत्यको जित भएको छ ।’

अदालतको फैसलाले निलम्बन फुकुवा भएकाले गिरी अब बाँकी रहेको अवधि करिव १६ महिनाका लागि बहाली हुने छन् ।

सफाइ पाएको अवस्थामा करिव १३ महिना निलम्बनमा परेको समयको हिसाव भने कसरी हुन्छ, त्यो भने हेर्न बाँकी छ ।

यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति प्राडा संगिता भण्डारीले पनि सफाइ पाएर निलम्बनको समय समेत जोडेर पदमा बहाली भएको नजिर रहेको छ ।

गिरीको पुनबर्हालीसँगै कामु उपकुलपति प्राडा कार्की स्वतः हट्नुपर्ने भएको छ । कार्कीलाई अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भनेर गत मंसिरमा स्वास्थ्यमन्त्री बस्नेतले थमौती गरेका थिए ।

प्राडा कार्कीले अब हट्दा कामु उपकुलपतिबाटमात्र नहटेर उमेर हदका कारण प्रतिष्ठानबाटै अवकास लिनुपर्ने छ । प्रतिष्ठानको ऐन नियमावलीअनुसार गत मंसिर पहिलो सातामै उनले अवकास लिइसक्नु पर्ने थियो ।

मुटुरोगसम्बन्धी विषेशज्ञसमेत रहेका डा गिरी पुनवहाल भए पनि एक बर्षको वीचमा प्राडा कार्कीले परिवर्तन गरेका विभागीय प्रमुखहरु, पदावधि सात महिना बाँकी हुँदाहँुदै

कार्यकारिणी समिति (कास)का दुइ सदस्यलाई निकालेर उनीहरुको स्थानमा मनोनित गरिएका कास सदस्य र उल्टाएका कतिपय फाइलहरुका विषयमा अब के गर्छन्, त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  २ : १४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित