काठमाडौं– चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर खुलेको छ । निर्माण पक्षले अभिनयमा दख्खल राख्ने दुई कलाकारको लागि खुला अडिसन लिन लागेको हो ।
फिल्ममा निर्देशक सन्तोष सेनले आइतबार एक पुरुष र महिला कलाकार आवश्यक भएकाले प्रतिस्पर्धाबाट नयाँ कलाकारलाई अवसर दिन लागेको बताए । नेपाली भाषामा मैथिली उच्चारणसहित संवाद बोल्न सक्ने कलाकारको खोजि भइरहेको उनी बताउँछन् ।
उनका अनुसार अन्दाजी २१ देखि ३२ वर्ष उमेर समूहकी मधेसी संस्कृति र सौन्दर्य झल्काउन सक्ने ‘लुक्स’ भएकी, साहस र कुटिलता झल्किने हाउभाउ, चालढाल र एक्सनमा दख्खल राख्न सक्ने महिला कलाकारको आवश्यक परेको हो । साथै, ती प्रतिस्पर्धीसँग मोटरबाइक हाँक्ने र मार्सल आर्टको सीप हुनुपर्ने उनको भनाइ छ ।
त्यस्तै, पुरुष पात्रको लागि अन्दाजी २८ देखि ५५ वर्ष उमेर समूहको कलाकारको खोजी भएको उनले बताए ।
सेनका अनुसार इच्छुक र योग्य व्यक्तिले निर्माण पक्षले तोकेको दायरा पूरा गर्ने जो सुकैले अडिसनका लागि सम्पर्क गर्न सक्नेछन् । अडिसनमा सहभागी हुन इमेल ठेगाना inbox.aasusenfilm@gmail.com मा र ह्वाट्सएप नम्बर 9811840082 मा सम्पर्क गर्न सकिनेछ।
यही फिल्मबाट अभिनेता विराट भट्टका छोरा समीरले अभिनयमा डेब्यु गर्दैछन् । केन्द्रीय भूमिकामा उनी अनुबन्ध भइसकेका छन् । यसअघि अभिनेता सौगात मल्ल, अर्पण थापा, अभिनेत्री ऋचा शर्मा अनुबन्ध भइसकेका छन्।
आसुसेन फिल्मस् प्रालि तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन्।














प्रतिक्रिया