भारतको ४७ करोड अनुदानमा बन्ने विकास परियोजनाका समझदारी पत्रमा हस्ताक्षर « Khabarhub

भारतको ४७ करोड अनुदानमा बन्ने विकास परियोजनाका समझदारी पत्रमा हस्ताक्षर


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारको अनुदान सहायताअन्तर्गत नेपालका शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

भारत सरकारको अनुमानित लागत ४७ करोड ४ लाख अनुदान सहायता रकमबाट नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्रमा १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाउन सम्झौता भएको हो ।

भारतीय राजदूतावास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरूबीच शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

परियोजना अन्तर्गत ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकास्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयको भवन, ओखलढुङ्गाकै मानेभञ्ज्याङ गाउँपालिकास्थित स्वर्णन्तरल आधारभूत विद्यालयको भवन, भोजपुरको अरुण गाउँपालिकास्थित अरुण बहुउद्देश्यीय प्रतिष्ठानको भवन, दैलेखको दुल्लू नगरपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुउद्देश्यीय भवन, सप्तरीको सुरुङ्गा नगरपालिकास्थित जनता माध्यमिक विद्यालयको भवन रहेका छन् ।

यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित श्री पञ्चायत माध्यमिक विद्यालयको भवन, चितवनको रत्ननगर नगरपालिकास्थित बछौली माध्यमिक विद्यालय भवन,सोलुखुम्बुको सोताङ गाउँपालिकामा बसेपु–हुलु खानेपानी आयोजनाको निर्माण,सुनसरीको इनरुवा नगरपालिकास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको भवन, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रका लागि कृषि प्रवर्द्धन केन्द्रको भवन , धादिङको खनियाबास गाउँपालिकामा स्वास्थ्य चौकी–प्रसुति केन्द्रको निर्माण र दाङको तुलसीपुर उप–महानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माण छन् ।

यी परियोजनाहरू नेपाल सरकारका स्थानीय तह (महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र गाउँपालिका) मार्फत कार्यान्वयन गरिने भारतीय दूतावासले जानकारी गराएको छ । परियोजनाहरूको निर्माणले स्थानीय समुदायलाई राम्रो शैक्षिक, स्वास्थ्य सेवा, खानेपानी, कृषि उपज भण्डारण र सांस्कृतिक सुविधाहरु उपलब्ध गराउन मद्दत गर्ने छ ।

सन् २००३ यता भारतले नेपालमा शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएका १२ वटा परियोजनासहित ५६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाएको छ र भुँइतहमा नेपालका सातवटै प्रदेशमा शिक्षा, स्वास्थ्य, सडक तथा पुल, रिभर ट्रेनिङ्ग, खानेपानी, विद्युतीकरण, सिँचाइ, संस्कृति, समाज कल्याण र अन्य सार्वजनिक संरचनाको निर्माण जस्ता क्षेत्रमा ४९० वटा परियोजना सम्पन्न गरिसकेको दूतावासले जनाएको छ । बाँकी अन्य परियोजना विभिन्न चरणमा सञ्चालित हुनेछन् ।

नजिकको छिमेकीका रुपमा भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको दूतावासले जनाएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तार गर्दै नेपालले चालेका प्रयासमा भारत हातेमालो गर्न तयार रहेको यसले थप बलियो बनाएको दूतावासले भनेको छ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ११ : ०७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित