हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित « Khabarhub

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य शिविरबाट ६ सय दुई जनाले सेवा लिएका छन् ।

गाउँपालिकाले ‘भेटौँला चङ्खेली गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, चङ्खेलीबासीका दुःख मेटौँला’ नारासहित प्रत्येक महिनाको एक दिन विशेषज्ञ डाक्टरबाट आफ्नो मातहतमा रहेका प्रत्येक स्वास्थ्यचौकीबाट निःशुल्क सेवा दिँदै आएको छ ।

पालिका मातहतका स्वास्थ्यचौकीमा ‘एमबिबीएस’ डाक्टरबाट सेवा दिने हेतुले मिमी स्वास्थ्यचौकी, दार्मा स्वास्थ्यचौकी, मेल्छाम स्वास्थ्यचौकी र पिप्लाङ स्वास्थ्यचौकीले सेवा सेवा प्रवाह गरेका गाउँपालिका स्वास्थ्य संयोजक सुरवीर शाहीले बताए ।

पाँच दिनसम्म सञ्चालन भएको शिविरमा उपचार सम्भव नभएका ४९ जनालाई थप उपचारका लागि सदरमुकामस्थित जिल्ला अस्पताल रिफर गरिएको शाहीले बताए ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ११ : ०७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित