भारतको चुनावी सरगर्मीमा कंगना बनिन् मसला « Khabarhub

भारतको चुनावी सरगर्मीमा कंगना बनिन् मसला

सामाजिक सन्जाल गलपासो


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत लोकसभा चुनावको संघारमा छ। यससँगै चुनावी सरगर्मी बढ्दो छ। यो सरगर्मीमा कंगनाको उम्मेदवारी मसला बनेको छ।
राजनीतिकर्मी र सिनेकर्मीसँगको टसलले विवादमा परिरहने पात्र हुन्- कंगना। उनी आफ्ना तर्क गहन ढंगले प्रस्तुत गर्छिन्। सोहीकारण उनी केही पात्रका लागि आँखाको कसिङ्गर नै बनेकी छन्।

उनलाई धेरैले भविष्यको नेतृको रुपमा लिएका थिए, अहिले त्यो कुरा यथार्थ बनेको छ। उनले भारतीय जनता पार्टी (भाजपा)बाट हिमाचल प्रदेशको मण्डीको उम्मेद्वारको टिकट पाएकी छन्।

उनी हिमाचलबाट उठ्ने कुरा पनि अनुमानभन्दा बाहिरको होइन। केही वर्षअघि उनले हिमाचलमा घर बनाएदेखि नै उनी त्यहाँ चुनाव लड्ने चर्चा चुलिएको थियो।
विवादित छविकी कंगनाले टिकट पाएसँगै उनका विषयमा विभिन्न टिकाटिप्पणी र उनलाई कमजोर उम्मेद्वार साबित गर्न खुइलाउने क्रम पनि बढ्दो छ। यो विषयमा मुलधारको राजनीतिसमेत आकर्षित भएको पाइएको छ।

कंग्रेसकी नेतृसँग लफडा
पूर्व सञ्चारकर्मी एवं भारतीय कंग्रेसकी प्रवक्ता सुप्रिया श्रीनातेले इन्स्ट्राग्राममा कंगानले छोटो लुगा लगाएको तस्बिर र सब्जी मण्डीको तस्बिर एक साथ राख्दै ‘मण्डीमा कस्तो भाउ चलेको छ ?’ भनेर प्रश्न गरेकी थिइन्।

श्रीनातेले यो पोस्टमार्फत् कंगानालाई ‘वेश्याको श्रेणीमा’ राखेको भन्दै आलोचना भइरहेको छ। महिलाको अस्मितामाथि आँच आउने निराधार टिप्पणी गरेको भन्दै कंगनाको पार्टी भाजपाले राजनीतिक इस्यू बनाएको छ। जुन विषयले भारतको चुनावी रौनक बढाउन थप टेवा पुर्याएको छ।

भाजपाले प्रवक्ता श्रीनातेलाई पार्टीबाट निस्कासन गर्न दबाब दिएको छ। चौतर्फी आलोचनापछि प्रवक्ता श्रीनातेले उक्त पोस्ट हटाएकी छन्। साथै सो इन्स्टाग्राम नक्कली भएको दाबी गरेकी छन्।

उनले एक्स (पहिलाको ट्विटर)मा स्पष्टीकरण दिएकी छन्, ‘मेरो मेटा (फेसबुक र इन्स्टाग्राम) खातामा पहुँच राख्ने कसैले एकदम घिन लाग्दो र आपत्तिजका पोस्ट गर्यो र हटाइएको छ। मलाई चिन्ने जो कोहीलाई थाहा छ, म कुनै महिलालाई त्यस्तो भन्न सक्दिनँ। मेरो नक्कली खाता प्रयोग गर्नेले यो दूराचार गरेको हो, मैले रिपोर्ट गरेकी छु।’

भाजपाले उनको स्पष्टीकरणमा चित्त नबुझाउँदा यो विषय मथ्थर बन्न सकेको छैन। भाजपा नेता अमित मालवीयले कंग्रेस अध्यक्ष मलिल्कार्जुन खर्गेले श्रीनातेलाई बर्खास्त गर्न दबाब दिएका छन्।

श्रीनातेले कंगनामाथि अपमानजनक टिप्पणी गरेको तर्क गर्दै नेता मालवीयले भनेका छन्, ‘कंग्रेसले कसरी यति पोहोर गर्छ ? यदि कंग्रेस प्रमुख मल्लिकार्जुन खर्गेले उनलाई तुरुन्तै बर्खास्त गर्नुपर्छ वा राजीनामा दिनुपर्छ।’

‘विवादबाट टाढा हुन सक्दिनन् कंगान’
कंगना जुनै परिस्थितिमा पनि विवादबाट टाढा रहन सक्दिनन् भन्ने कुराको पछिल्लो उदाहरण यो हो।

राजनीतिमा पाइला टेक्ने बित्तिकै मुलधारको राजनीति नै उनीमाथि केन्द्रित छ। एक्लै सामाजिक सञ्जालमा भिड्ने कंगनालाई अहिले पार्टीले समेत साथ दिएको छ।
सामाजिक सञ्जालमा कंगनलाई खुइलाउने उद्देश्यले कांग्रेस कार्यकर्ताले अनैतिक क्रियापकलापसमेत गरेको भाजपा नेताको आरोप छ। यही विषयलाई लिएर कांग्रेसले कडा आलोचना खेप्नु परेको छ।

यतिसम्मकी कांग्रेस नेता एवं हिमाञ्चलका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खूले कंगनाको पक्षमा बोल्नु परेको छ। उनदले कंगनाको समर्थनमा कूटनीतिक ढंगले प्रतिक्रिया दिएका छन्। श्रीनातेको अभिव्यक्तिलाई संकेत गर्दे कंगनको पक्षमा उनले भने, ‘उनी हिमाञ्चलको छोरी हुन्। उनको आमा–बुबा यतै बस्छन्।’
यद्यपि मुख्यमन्त्री सुक्खूले श्रीनातेको विरुद्धको मुख खोलेका छैनन्।

नारी अस्मितासँग जोडिएर कांग्रेस नेतृले टिप्पणी गरेपछि कंगनाको पक्षमा धेरै सामाजिक सञ्जाल प्रयोगर्ता देखिएका छन्।

पुरानो ट्विट भाइरल
कंगना आफ्ना विचार-तर्क सामाजिक सन्जालबाट सार्वजनिक गरिरहेकी हुन्छिन्। उनको विवादित छवि बन्नुको प्रमुख कारण नै सामाजिक सञ्जाल हो।

उम्मेदवारको टिकट पाउने बित्तिकै एक पुरानो ट्विट भाइरल बनेको छ। सन् २०२१ मा एक ट्विटर प्रयोगकर्ताले कंगना मंडीबाट चुनाव लड्ने दाबी गरेका थिए।
ती प्रयोगकर्ताको राजनीतिक चेतनामा प्रश्न उठाउँदै कंगनाले जटिल समस्या भएका राज्यमा आफूले उम्मेद्वारी दिने जवाफ फर्काएकी थिएन्।

कंगनाको जवाफ थियो, ‘हिमाचलको जनसंख्या मुस्किलले ६०/७० लाख छ। त्यहाँ कुनै गरिबी र अपराध छैन। यदि म राजनीतिमा आएँ भने जटिलता भएका राज्य चाहन्छु। म त्यहाँ काम गरेर राजनीतिमा पनि रानी बन्न सक्छु। तिमी तुच्छ व्यक्तिले ठूलो कुरा बुझ्दैनौं।’

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ८ : १० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित