तापक्रममा एक्कासी आएको गिरावटका कारण गाजामा तीन शिशुको मृत्यु « Khabarhub

तापक्रममा एक्कासी आएको गिरावटका कारण गाजामा तीन शिशुको मृत्यु


११ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खान युनिस – प्यालेष्टिनी अधिनस्थ गाजामा तापक्रममा ‘अत्यधिक गिरावट’ आएका कारण एक सातामा तीन शिशुको मृत्यु भएको छ ।

दक्षिणी गाजा अस्पतालका प्रमुख बाल चिकित्सकले एएफपीसँग कुरा गर्दै युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा चिसो यामसँगै ‘तापक्रममा आएको अत्यधिक गिरावट’का कारण यस साता तीन शिशुको मृत्यु भएको बताएका हुन् ।

खान युनिस शहरको नासिर अस्पतालका डाक्टर अहमद अल–फर्राले तीन हप्ताकी एक बालिकालाई ‘अत्यधिक तापक्रम घटेपछि आकस्मिक कक्षमा ल्याइएको’ र उनको उपचारका क्रममा मृत्यु भएको बताएका छन् । अस्पतालको बाल सेवा विभागका प्रमुख फर्राले मङ्गलबार आफ्नो टोलीले हेरेका अन्य दुई घटनाको पनि उल्लेख गरेका छन् ।

“तीन दिनको शिशु र एक महिनाभन्दा कम उमेरका अर्को एक शिशु गरी अन्य दुई अत्यधिक तापक्रममा आएको गिरावटका कारण मृत्यु भएको छ,” उनले भने ।

गाजामा १४ महिनाभन्दा लामो युद्धका कारण विस्थापित भएका प्यालेस्टिनीहरूलाई सङ्केत गर्दै उहाँले भन्नुभयो, “उनीहरू टेन्टमा बस्छन् र जाडो यामसँगै पछिल्ला केही दिनमा चिसो बढेपछि उनीहरू विरामी परेका र यो नै उनीहरूको मृत्युको कारण बनेको छ।”

“टेन्टले चिसोबाट जोगाउँदैन, र रातको समयमा धेरै जाडो हुन्छ, न्यानो राख्ने कुनै उपाय छैन,” फाराले भने । नवजात शिशुका लागि जोखिम विशेष गरी तीव्र रहेको बताउँदै उनले अगाडी भने, “धेरै आमाहरू कुपोषणको सिकार हुन्छन् जसले गर्दा उनीहरूका बच्चाहरूले खाने दूधको गुणस्तरमा असर पार्छ ।”

मृत्यु भएकी तीन हप्ताकी बालिका सिला अल–फसीह खान युनिस नजिकै भूमध्यसागरीय तटमा रहेको अल–मावासी टेन्ट शहरमा बस्दै आएका छन् । बालिकाका बुबा महमुद अल–फसीहले एएफपीसँग भने, छोरीले रातभर स्तनपान गरेकी थिइन् तर बिहान ‘जिब्रो काटेको र रगत बगेको’ देखिएको थियो ।”

“हामीले उनलाई डाक्टरकहाँ लग्यौं, जसले हामीलाई चिसोका कारण यस्तो भएको बताए र यस्तै लक्षण भएका धेरै केसहरू देखिएका छन्।” फासीहले भने, “अत्यधिक जाडो बढेको छ । बस्नका लागि पाल उपयुक्त छैन। बच्चाहरू सधैं बिरामी हुन्छन्।”

प्यालेस्टिनी लडाकू समूह हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणपछि इजरायलले गरेको जवाफी कारबाहीका क्रममा गाजा पट्टीका २४ लाख बासिन्दामध्ये अधिकांश कम्तीमा एकपटक विस्थापित भएका छन् ।

इजरायलको मौसम सेवाका अनुसार हालैका दिनहरूमा गाजाको तापक्रम रातको समयमा आठ डिग्री सेल्सियससम्म झरेको र युद्धका कारण घरबास गुमाएका प्यालेष्टिनीले चिसोमा पनि पालमा बस्नुको विकल्प छैन ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ८ : २४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित