नेता किमले गरे मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण « Khabarhub

नेता किमले गरे मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेको सरकारी सञ्चारमाध्यमले बताएको छ । प्योङयाङले रुसलाई हतियार आपूर्ति गरेको आरोप लगाइएपछि यो पछिल्लो हतियार परीक्षण हो । 

धेरै हदसम्म एक्लो परेको उत्तर कोरियाले हालै मस्कोसँगको सैन्य सम्बन्धलाई बलियो बनाएको छ । साथै उसले यसै महिना आफूविरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्धको अनुगमन गर्ने संयुक्त राष्ट्र विशेषज्ञहरूको एउटा प्यानलको नवीकरणलाई रोक्नका लागि भिटो प्रयोग गरेकामा रुसलाई धन्यवाद दिएको छ ।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले उत्तर कोरियामाथि रुसलाई हतियार आपूर्ति गरेको आरोप लगाउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घले त्यस्तो कुनै पनि कदमलाई प्रतिबन्ध लगाएको छ । आणविक हतियारसम्पन्न उत्तर कोरियाले युक्रेनमा प्रयोग गर्नका लागि रुसमा पठाउनुअघि क्रुज मिसाइलहरूको परीक्षण र उत्पादन बढाउन सक्ने विश्लेषकहरूले बताएका छन् ।

आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसएनए) का अनुसार प्योङयाङको नयाँ रक्षा उद्योग एकाइमा बनाइएका ‘मल्टिपल रकेट लन्चरको २४० एमएम शेल’ को ‘उडान सुविधाहरू र हिट तथा एकाग्रता सूचकहरू’ परीक्षणका क्रममा ‘अत्यन्त सन्तोषजनक ढङ्गले मूल्यांकन’ गरिएको थियो । 

नेता किमले यस वर्षका लागि युद्ध सामग्री उत्पादन योजनालाई निश्चितरूपमा गुणात्मक ढङ्गले पूरा गर्नुपर्ने आवश्यकतामाथि जोड दिएको केसिएनएले बताएको छ । 

यसै साताको प्रारम्भमा किमले मुलुकको पहिलो ‘आणविक ट्रिगर’ अभ्यासको निरीक्षण गर्नुभएको प्योङयाङले बताएको छ । यसमा दुश्मनहरूलाई चेतावनीका रूपमा आणविक जबाफी हमलाको अनुकरण सामेल थियो । 

सोलमा उत्तर कोरियाली अध्ययन विश्वविद्यालयका अध्यक्ष याङ मु–जिनले शुक्रबारको घोषणाका आधारमा उत्तर कोरियाले दक्षिण कोरियाको राजधानी क्षेत्रलाई लक्षित गरी सटीक आक्रमणका लागि मार्गदर्शन प्रविधिलाई एकीकृत गर्न ‘केही प्रगति’ हासिल गरेको जस्तो देखिएको बताए। 

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १२ : २४ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला