जुम्लामा घट्दै क्षयरोगका बिरामी « Khabarhub

जुम्लामा घट्दै क्षयरोगका बिरामी


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– यहाँ पछिल्लो समयमा बढ्दो सचेतनाका कार्यक्रमले क्षयरोगका बिरामी घट्दो क्रममा रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत आर्थिक वर्षमा क्षयरोगबाट तीनजनाको मृत्यु भएको कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।  

चन्दननाथ नगरपालिका दुई र पातारासी गाउँपालिकाभित्रका एकजनाको क्षयरोगका कारणले मृत्यु भएको छ । कार्यालयको तथ्यांकअनुसार गत वर्ष जुम्लामा ५३ महिला र ५३ पुरुषमा क्षयरोग देखिएको थियो । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म २१ पुरुष र २४ महिलामा क्षयरोग देखिएको जनस्वास्थ्य कार्यालयका प्रमुख सापकोटाले जानकारी दिए।

आर्थिक वर्ष २०७९-८० मा यहाँका आठवटा स्थानीय तहमा दर्ता भएका क्षयरोगीको सङ्ख्या कनकासुन्दरीमा छ, गुठीचौरमा आठ, सिञ्जामा नौ, हिमामा १२, तिलामा १३, तातोपानीमा १४, पातारासीमा १८ र चन्दननाथमा २६ जना रहेका छन् । 

कार्यालय प्रमुख सापकोटाका अनुसार आव २०८०-८१ को साउनदेखि माघसम्मको तथ्याङ्क हेर्दा सिञ्जामा तीन, गुठीचौरमा चार, तातोपानीमा छ, तिलामा छ, पातारासीमा सात, कनकासुन्दरीमा सात, हिमामा नौ र चन्दननाथमा १० जना क्षयरोगीका बिरामी दर्ता भएका छन् । 

नेपाललाई क्षयरोगमुक्त अभियान सरकारले सञ्चालन गर्दै आएको छ । आगामी पाँच वर्षभित्र यस अभियानलाई राष्ट्रिय क्षयरोग कार्यक्रमले देशभरका सबै स्थानीय तहमा विस्तार गरी लागू गर्ने योजना सरकारको रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख सापकोटाले बताए।

दुई हप्ताभन्दा बढी खोकी लागेमा क्षयरोग हुन सक्छ । खोग्दा वा हाच्छ्यूँ गर्दा क्षयरोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले कुनै लक्षण देखापरेमा नजिकको स्वास्थ्य संस्थामा निःशुल्क जाँच गर्न सकिन्छ । क्षयरोग श्वासप्रश्वासको माध्यमबाट पनि सर्दछ । एचआइभी र मधुमेह भएका बिरामीलाई क्षयरोगले छिटो सङ्क्रमण हुने गरेको छ । 

श्वास-प्रश्वास, खोक्दा, हाच्छिउँ गर्दा, जहाँ पायो त्यहीँ थुक्दा, बोलचाल गर्दा क्षयरोगका जीवाणु हावाका माध्यमबाट स्वस्थ्य व्यक्तिमा प्रवेश गरेमा क्षयरोग सर्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सुर्तीजन्य पदार्थको सेवनलाई रोक्न सकेमा क्षयरोगबाट बच्न सकिने र स्थानीय तहले गाउँ केन्द्रित क्षयरोगको शिविर सञ्चालन गर्न आवश्यक रहेको बताए। जनस्वास्थ्य कार्यालयले स्थानीय तहसँग सहकार्य गरेर क्षयरोग पूरै रोकथाम गर्नेका लागि जनचेतनाका कार्यक्रम र स्वास्थ्य जाँचसम्बन्धी निःशुल्क स्वास्थ्य परामर्श गर्न आवश्यक रहेको प्रमुख आचार्यको भनाइ छ ।

क्षयरोग रोकथाम गर्नका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उनले बताए। आवश्यक सचेतनाका कार्यक्रम सञ्चारकामाध्यमबाट सहज रुपमा प्रकाशन र प्रसारण गर्न सकिने नेपाल पत्रकार महासङ्घका अध्यक्ष नेत्रबहादुर शाहीले जानकारी दिए। 

    

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  २ : ४८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित