काभ्रेका तीन गाउँपालिकामा केन्द्रीय विद्युत् विस्तार « Khabarhub

काभ्रेका तीन गाउँपालिकामा केन्द्रीय विद्युत् विस्तार


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेपलाञ्चोकको तीन गाउँपालिकामा विद्युत् प्राधिकरणले केन्द्रीय विद्युतीय प्रसारण लाइन विस्तार गर्ने कामलाई तीव्रता दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सूचीकृतमध्ये दुर्गम दुई र मध्य दुर्गम एक गाउँपालिकामा विद्युत्को केन्द्रीय लाइन विस्तार गरिएको हो ।

दुर्गम मानिएको महाभारत र खानीखोला तथा मध्य दुर्गममा सूचीकृत रोशी गाउँपालिकामा धमाधम विद्युतीय सेवा विस्तारलाई तीव्रता दिइएको छ । यसअघि यी गाउँपालिकाको अधिकांश क्षेत्रमा स्थानीय लघु जलविद्युत् आयोजनाद्वारा बिजुली बालिएको थियो । हाल कतिपय लघु जलविद्युत् आयोजना बन्द अवस्थामा छन् भने केही जेनतेन चलिरहेका छन् ।

स्थानीयस्तरमा सञ्चालनमा ल्याइएको लघु जलविद्युत्ले आवश्यकताअनुसार विद्युत्को माग पूरा गर्न नसकेपछि प्राधिकरणले केन्द्रीय प्रसारण लाइन विस्तारलाई तीव्रता दिएको हो । “लघु–जलविद्युत् मर्मतसम्भार हुन नसक्दा यिनले धान्न सकेनन्, स्थानीयस्तरमा साना उद्योग स्थापना तथा अन्य उपकरण सञ्चालनका लागि विद्युत्को माग बढ्दै गएपछि केन्द्रीय प्रसारण लाइन विस्तारमा जोड दिएका हौँ”, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने ।

उनका अनुसार केन्द्रीय प्रसारलाइन जोडिएपछि पहिले झैँ पटकपटक अन्धकारमा बस्नुपर्ने छैन । प्राधिकरणको बनेपास्थित वितरण केन्द्र प्रमुख इञ्जिनियर अमृत अधिकारीले जिल्लाको दक्षिणी क्षेत्र डाँडापारी क्षेत्रका महाभारत, खानीखोला गाउँपालिकामा हाल केन्द्रीय प्रसारण लाइनको विद्युत् उपलब्ध गराउन धमाधम काम भइरहेको जानकारी दिए । उनका अनुसार प्राधिकरणले महाभारतको वडा नं ३, ४, ५, ६ र ७ मा करिब दुई हजार घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् बलेको छ ।

वडा नं १ मा करिब तीन सय थान मिटर पठाउने तयारी भइरहेको बताउँदै अधिकारीले वडा नं २ र ८ मा लाइन विस्तारको काम भइरहेको बताउनुभयो । केन्द्रका अनुसार डाँडापारीकै अर्को क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामासमेत केन्द्रीय प्रसारण लाइनको विद्युत् उपलब्ध गराउने काम थालिएको छ ।

खानीखोलाको ५ र ७ नं वडा का केही घरमा विद्युत् लाइन पु¥याइसकिएको केन्द्रका सूचना अधिकारी ई सुरोज पराजुलीले बताए । उनका अनुसार खानीखोलाका दुई वडाका करिब एक हजार घरमा उक्त विद्युत् पुगेको हो । गाउँपालिकाको अन्य बस्तीमा लाइन विस्तार गर्दै जाने योजना केन्द्रको छ ।

खानीखोला–५ का वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानले दुई सय ६७ मिटर गाउँमा आइपुगेको बताउँदै लाइन जोड्ने काममा केही ढिलाइ भएको बताए । बुद्धिबहादुरका अनुसार ठेकेदार कम्पनीले बिग्रेको ट्रान्समिटर जोडेका कारण एक सयभन्दा बढी घरमा विद्युत् सेवा पुगेको छैन । यस्तै वडा नं ५ मै आफ्नो घरमा केन्द्रीय प्रसारण विद्युत् जोडिदिन तीन सय २२ स्थानीयले मिटरका लागि निवेदन दिएको स्याङ्तानले जानकारी दिए ।

यसैगरी रोशी गाउँपालिकामा पनि केन्द्रीय प्रसारण लाइन विस्तारको काम भइरहेको जनाइएको छ । हालै वडा नं ११ भीमखोरीस्थित छहरे, भैँसे, पौवा, भदौरे, मानेगाउँ, अमलाबासको तीन सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनमार्फत बिजुली बत्ती बालिएको हो । यसअघि छ सय १२ घरधुरीमा जडान भइसकेको वडाध्यक्ष लालकुमार पाख्रिनले बताए ।

उहाँकाअनुसार उक्त वडामा करिब ७८ घरमा लाइन जडान गर्न बाँकी छ भने केही घरमा सामुदायिक विद्युतीकरण विद्युत् जडान गरिएको छ । स्थानीयलाई रोशी गाउँपालिकाले निःशुल्क विद्युत् मिटर वितरण गरेको थियो । वडा नं ११ र १२ का करिब १५० सय घरमा उक्त प्रसारण लाइन पुर्‍याउन बाँकी रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । उनका अनुसार वडा नं १२ मा पनि सामुदायिक विद्युतीकरण गर्दा छुटेका करिब ५० घरमा केन्द्रीय प्रसारण लाइन विस्तारको योजना बनाइएको छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ९ : ३१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित