टरीगाउँ विमानस्थललाई पश्चिम नेपालको हवाई उडान केन्द्र बनाइन्छ : प्रधानमन्त्री  « Khabarhub

टरीगाउँ विमानस्थललाई पश्चिम नेपालको हवाई उडान केन्द्र बनाइन्छ : प्रधानमन्त्री 


८ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दाङका स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका प्रतिनिधिले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । 

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, संघीय सांसदहरू दिपक गिरी र मेनका पोखरेलको नेतृत्वमा  प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले टरीगाउँ विमानस्थलको स्तरोन्नतिका साथै लमही(घोराही(तुल्सीपुर चारलेन सडक निर्माण लगाएतका विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको हो ।

 सो अवसरमा प्रधानमन्त्री ओलीले टरीगाउँ विमानस्थलको स्तरोन्नतिका लागि सरकार गम्भीर भएको बताए । टरीगाउँ विमानस्थलाई कर्णाली र सुदूरपश्चिम प्रदेशको हवाई उडानको केन्द्र बनाइने बताए । 

झटरीगाउँ विमानस्थल मौसमका हिसाबले पनि उपयुक्त छ । प्रधानमन्त्री ओलीले भने, ‘नेपालगन्ज,सुर्खेत र धनगढी उडेका विमान आकस्मिक अवतरण गर्नुपर्दा टरीगाउँ अवतरण गर्न मिल्नेगरी विस्तार गरिन्छ ।’  प्रधानमन्त्री ओलीले लमहि-घोराही-तुलसीपुर चारलेन सडक निमार्णाका लागि टेन्डर गर्ने तयारी थालिएको समेत जानकारी दिए । 

सात दशक अघि नै विमान बसेको टरिगाउँ विमानस्थलमा पछिल्लो दुई महिना यता विमान नै आउन छोडेको छ । विमानस्थलका विषयमा पटक पटक आवाज उठेपनि भौगोलिकरूपमा नेतृत्व विभाजन हुँदै गर्दा धावनमार्ग बिस्तारमा ढिलाई हुँदै आएको छ । संघीय सरकारले धावनमार्ग विस्तारका लागि प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएपनि कार्यान्वयनमा आएको छैन । 

तुलसीपुर उपमहानगरको संयोजनमा आएको प्रतिनिधि मण्डलमा एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, घोराहीकी उपप्रमुख हुमा डीसी, बबई गाउँपालिका प्रमुख कुलबहादुर खत्री, दंगिशरणका गाउँपालिका प्रमुख शम्भु गिरी सहित उद्योगी र व्यवसायीको सहभागिता थियो ।

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  ४ : ०४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित