मेलम्ची-ज्यामिरे-गुफाडाँडा पर्यटन मार्ग स्तरोन्नति « Khabarhub

मेलम्ची-ज्यामिरे-गुफाडाँडा पर्यटन मार्ग स्तरोन्नति


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– मेलम्ची–ज्यामिरे–गुफाडाँडा–पर्यटन मार्ग  स्तरोन्नति गरिने भएको छ । आज मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पर्यटन  मार्गअन्तर्गत मेलम्ची–१० को जिरो पोइन्टबाट  स्तरोन्नतिको शिलान्यास गरेका हुन् ।

मेलम्ची नगरपालिकाको रु दुई करोड ५९ लाखको लागतमा गेहेन्द्रलक्ष्मी निमार्ण सेवा तथा जुगल हिमशिखर जेभीले सडक कालोपत्र, ढलान लगायतको काम गर्न लागेको हो । शिलान्यास कार्यक्रममा वडा नं ९ र १० का वडाध्यक्ष किरणदीप खड्का र अमृत खनाल तथा वडा नं १० का पूर्ववडाध्यक्ष भक्तबहादुर खड्का लगायतको सहभागिता थियो । 

जलवायु सम्मेलन भएको पर्यटकीय क्षेत्र गुफाडाँडा जोड्ने सडकमा संघीय सरकारको ध्यान नपुगेपछि नगरपालिकाको बजेटबाट सडक स्तरोन्नतिको काम गर्न लागेको नगरप्रमुख तामाङले बताए।

उनले सङ्घ तथा प्रदेश सरकारले मेलम्चीको विकासमा ध्यान नदिएको भन्दै चुनावमा गरेको प्रतिबद्धता पूरा गर्न सङ्घ तथा प्रदेश सरकारका प्रतिनिधिलाई आग्रह गरे। सडक निर्माणका क्रममा गुणस्तर र परिमाणमा ध्यान दिन तामाङले निर्माण व्यवसायीलाई निर्देशनसमेत दिए। वडा नं ९ का अध्यक्ष खड्काले क्रमशः गुफाडाँडासम्म सडक कालोपत्र तथा ढलान गरिने बताए। 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ३ : ३५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित