५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई « Khabarhub

५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– ५१औँ थाक खेलकुद प्रतियोगिताको उपाधि निर्मल स्पोटिङ लेते र निलगिरि युवा क्लब टुकुचेले जितेका छन् । 

मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा सोमबार सम्पन्न भलिबल खेलको फाइनलमा पुरुषतर्फ लेते र महिलातर्फ टुकुचे बिजयी भएका हुन् । 

पुरुषतर्फ अन्नपूर्ण युवा क्लब ताक्लुङलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै लेतेले उपाधि चुमेको आयोजक थाक खेलकुद तथा सांस्कृतिक विकास संस्थाका अध्यक्ष कृष्णकुमार शेरचनले बताए।  

महिलातर्फ राष्ट्रिय टिमकी प्रतिभा माली, सलिना श्रेष्ठलगायतका खेलाडीलाई मैदानमा उतारेको निलगिरिले मार्फाको मिलीजुली युवा क्लवलाई सोझो तीन सेटमा पराजित गरेको थियो । लिग सिस्टम र वेष्ट अफ फाइचमा खेलाइएको प्रतियोगिताको पुरुषतर्फ छ र महिलातर्फ तीन टिमले सहभागिता जनाएका थिए । 

आर्चरी प्रतियोगितामा धौलागिरी युवा क्लब कोवाङ प्रथम र निर्मल स्पोटिङ लेते दोस्रो भएका छन् । पुरुष भलिबलमा विजेता र उपविजेतालाई शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु एक लाख ५० हजार र रु एक लाख पुरस्कार प्रदान गरिएको छ । 

महिला भलिबलको विजेता र उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्रसहित रु एक लाख र ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । आर्चरीमा विजेतालाई ५० हजार र उपविजेतालाई र२५ हजार प्रदान गरिएको छ । 

पचास वर्षदेखि घरपझोङ र थासाङ गाउँपालिकाको फरक फरक गाउँमा हरेक वर्ष सञ्चालन हुने थाक खेलकुदको ऐतिहासिक र सांस्कृतिक महत्त्व छ । सो अवसरमा कृषि मेला प्रर्दशनीका साथै लोक नृत्य र थकाली गीत प्रतियोगिता पनि भएको थियो । प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको थियो । 

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : ३१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित